Bisal Chautari Logo

बिनोदको पहिलो ‘बञ्जारा’ सार्वजनिक

- २४ असार २०७१, मंगलवार ११:४६ मा प्रकाशित


binod banjara
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २४, मंगलबार । गीतकार बिनोद बञ्जराको पहिलो एल्बम ‘बञ्जरा’को विमोचन गरिएको छ । केही दिन अगाडी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एल्बमको विमोचन गरिएको थियो । एल्बमको विमोचन वरिष्ठ गायक तथा कार्यक्रमका प्रमुख अतिथी प्रेमध्वज प्रधानले विमोचन गरेका थिए । गीतकारले एल्वमलाई एतिहासिक एल्वम भनेर लेखेका छन् ।binod banjara
एकल रुपमा राजनराज सिवाकाटीको संगीत रहेको एल्बममा सात गीत समावेश गरिएको छ । एल्बममा रामकृष्ण ढकाल, सत्य–स्वरुपराज आचार्य, मनोज राज, प्रमोद खरेल, रामचन्द्र काफ्ले, प्रकाश तिमल्सिना र प्रविशा अधिकारीको स्वर रहेको छ । त्यस्तै एल्बममा दैव तेरो, दिप बनोस्, ढाटी ढाटी, जुरेली चरी, कालो कमला, लवकदार र तपतप बोलको गीतहरु समावेश गरिएको छ ।
एसियन म्युजिकले बजारमा ल्याएको एल्बम विमोचन समारोहमा एल्बमको एक गीतको म्युजिक भिडियोपनि रिलिज गरिएको थियो । कार्यक्रममा बोल्दै अतिथीहरुले गीतकार बञ्जारालाई बधाइ दिएका थिए ।

ad

प्रतिक्रिया