विशाल चौतारी समाचार
काठमाडौं, २०८० फागुन १३ आइतवार। बलिउड अभिनेता अनुपम खेरले नेपाली चलचित्र ‘गोर्खा वारियर’को प्रशंसा गरेका छन् । आइतबार इन्स्टाग्राम स्टोरीबाट चलचित्रको पोस्टर सेयर गर्दै उनले ट्रेलर मनपरेको उल्लेख गरेका छन् । निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर निकै मनपर्यो । नेपाल ।’ उनले यो स्टाटसमा ताली बजाएको इमोजी पनि उल्लेख गरेका छन् ।
चाम्स निर्देशित चलचित्र गोर्खा वारियर शुक्रबारदेखि नेपालसहित विदेशमा समेत रिलिज भएको छ । यो चलचित्रले सन् १९४८ देखि १९६० सम्म चलेको मलाया संकटकालको बेला स्वतन्त्रता लडाकुहरुले बेलायती उपनिवेशविरुद्ध थालेको सशस्त्र विद्रोहको कथा प्रस्तुत गर्छ ।
यो जंगल सर्भाइभल चलचित्रले मलाया लडाकुले कब्जामा लिएका ब्रिटिस गोर्खा सैनिकलाई मुक्त गर्न प्रमुख पात्रले गरेको वीरतापूर्ण लडाइँको कथा पेश गर्छ । चलचित्रमा रितेश चाम्सले शीर्ष भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया