Bisal Chautari Logo

समुद्र भट्टले एलिजा र निश्चल लिएर चलचित्र बनाउँदै

- १२ फाल्गुन २०८०, शनिबार २२:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,  २०८० फागुन १२ शनिवार ।
निर्देशक समुद्र भट्टले नयाँ चलचित्र बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर चलचित्र बनाउन लागेकी हुन् ।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् ।
आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ ।
लभ स्टोरी क्र्रइम थ्रिलर रहने चलचित्रमा  समुद्रकै कथा रहने छ ।
अनुराग चलचित्रबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो चलचित्र हुने छ ।
निश्चलले ‘लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो चलचित्र प्रदर्शनको तयारीमा रहेको छ ।
समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।

प्रतिक्रिया