Bisal Chautari Logo

खोटाङमा पीडितको उजुरी दर्ता गर्नबाट प्रहरी पन्छिए

- २४ असार २०७१, मंगलवार ०६:२३ मा प्रकाशित


khotang police
भिम राई
खोटाङ २०७१, असार २४, मंगलबार । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पीडितले दिएको उजुरी दर्ता गर्नबाट पन्छिएका छन् । प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले काग्रेस खोटाङको क्षेत्रीय अधिबेशनमा निर्घात कुटिएका लफ्याङ गाउँ कार्यसमितिका सभापति लोकेन्द्र राईले सोमबार पेश गरेको सार्वजनिक अपराध अन्तरगतका मुद्दा दर्ता गर्न अस्वीकार गरेका बताएका हुन् ।khotang police
पार्टीभित्रको विवादका बाबजुद सम्पन्न खोटाङ क्षेत्र नम्बर–२ को क्षेत्रीय अधिबेशनमा जिल्ला सभापति विष्णुकुमार राईको सम्लग्नतामा पूर्व जिल्ला सदस्य रमेश खड्का, तरुण दलका जिल्ला उपाध्यक्ष भलकाजी गुरुङ र कार्यकर्ता सुमन गुरुङले निर्घात कुटपिट गरेपछि कानूनी कारबाहीको माग गर्दै राईले प्रहरीमा किटानी जाहेरी दिएका हुन् । जिल्ला अस्पतालमा उपचार गराइरहेका राईले कुटपिटमा संलग्नलाई कानूनी कारबाही र आफ्नो उपचारमा लाग्ने सम्पूर्ण खर्च भराइ पाउा भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
घटनामा संलग्न जिल्ला सभापति राईलाई मुख्य दोषी ठानेर उजुरी दिएपछि प्रहरीले उक्त मुद्दा दर्ता गर्न अस्वीकार गरेको घाइते लाकेन्द्रको भनाइ छ । राईले विशाल चौतारीलाई भने,–‘सानालाई मात्र ऐन लाग्दो रहेछ , जिल्ला सभापति जस्तो पदमा बसेकाले अपराध गर्दा प्रहरी समेत मौन बस्नुले दुखिद भएको छु ।’
घटनाको प्रकृति हेर्दा सार्वजनिक अपराध नठहर्ने भएकाले उक्त मुद्दा दर्ता नगरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले जानकारी दिए । साहका अनुसार–‘जााड खाएर झगडा गर्ने अनि, सार्वजनिक मुद्दा लिएर आउने ! त्यो कसरी दर्ता हुन्छ ?’ साहले थपे,–‘कुटपिट भएकै हो, कुटपिटको मुद्दा प्रहरीले नहेर्ने हुादा अन्य ठाउा जाादा उहााहरुलाई बाटो खुला छ ।’
प्रहरी मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमका अनुसार कुटपिट सम्बन्धी ठाडो उजुरीको आधारमा घाइतेको घा–जााच भने, गरिएको छ । शनिबार राती कुटपिटमा परेका राईको टाउको, आाखा र ढाडमा गहिरो चोट लागेको छ ।
आफ्नो पक्षका उम्मेदवारलाई असहयोग गरेको भन्दै सभापति राईसहितको समूहले आफूलाई मरनासन्न हुनेगरी बाटो छेकेर निर्घात कुटपिट गरेको लोकन्द्रको आरोप छ । ‘सभापति जस्तो पदमा बसेका व्यक्तिले डनको व्यवहार गर्नुभो ! यसप्रति प्रहरीमा उजुरी दिादा प्रहरीले समेत उहााहरुकै पक्षमा लागेर मुद्दा दर्ता गर्न मानेनन् ।’ लोकेन्द्र भन्छन् ‘शनिबार राती भएको घटनाको बारेमा आफूले भोलीपल्टै जाहेरी दिएपनि कुनै चासो दिइएन !’
यसबारे जिल्ला सभापति विष्णुकुमार राईले भने, मेरो व्यक्तिगत चरित्र हत्या गर्नका लागि यस्तो आरोप लगाएको बताएका छन् । सभापति राईका अनुसार–‘आफै मादक पदार्थ सेवन गरेर हिड्ने, अनि अरुको चरित्रमाथि धावा बोल्ने ? यो कहाासम्मको धर्म हो, आफैले सोच्ने कुरा हो ।’
कुटपिटपछि जिल्ला अस्पतालमा उपचार गराइ रहेका राईलाई अधिवेशनमा मतदान गर्नका लागि उनी निकट नेता कार्यकर्ताले स्ट्ेरचरमा बोकेर मतदान स्थल लगेका थिए । दुई भागमा विभाजन भएको खोटाङ काग्रेसको क्षेत्रीय अधिवेशनबाट तीर्थराज भट्टराई क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।

ad

प्रतिक्रिया