Bisal Chautari Logo

स्वास्थ्यमा पूर्ण सुधार आएपछी नीर शाह डिस्चार्ज ||अभिनय यात्रालाई निरन्तरता दिने

- २४ असार २०७१, मंगलवार ०५:३८ मा प्रकाशित


Neer Shah 

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २४, मंगलबार । ९ दिन अघि हृदय घातका कारण गंगालाल हृदय रोग केन्द्र भर्ना भएका वरिष्ठ अभिनेता तथा निर्देशक निर शाहको स्वास्थ्यमा पूर्ण सुधार आएपछि डिस्चार्ज गरिएको छ ।Neer Shah
गंगालाल हृदय रोग केन्द भर्ना भएका शाहलाई सोमबार साँझ पाँच बजे हस्पिटलले डिस्चार्ज गरेको हो । घर जान पाएपछि शाह निकै खुशी भएका छन् । उनले यो अवस्थालाई आफ्नो पुर्नजन्म भनेका छन् ।
हार्ट अट्याक भएपछि शाह भेन्टिलेटर सम्म पुगेका थिए उनलाई नर्मल अवस्थामा ल्याउन डक्टरहरुलाई झण्डै ७२ घण्टा लागेको थियो । हस्पिटलमा आफूलाई भेट्न आएका शुभचिन्तकहरुसंग कुराकानी गर्ने क्रममा शाहले अभिनयको यात्रालाई निरन्तरता दिन आफू पछि नहट्ने पनि बताएका छन् । शाहले पछिल्लो समय ऐतिहासिक कृति सेतो बाघ माथि चलचित्र बनाएका छन्, जुन चलचित्र रिलिजको क्रममा छ ।

ad

प्रतिक्रिया