Bisal Chautari Logo

चलचित्र ‘रुखान’को लागि मुख्य भूमिकामा नीति शाह फाइनल

- ९ फाल्गुन २०८०, बुधबार १८:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० फागुन ९ बुधवार ।
सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रुखान’को लागि अभिनेत्रि फाइनल गरिएको छ । यो चलचित्रको मुख्य भूमिकामा अभिनेत्रि नीति शाहले काम गर्ने पक्का भएको हो ।

निर्माणपक्ष र नीतिबिच कागजी संझौता भएको छ । ४ वटा भाषामा निर्माण हुन लागेको यो चलचित्रलाई लिएर आफू निकै नै उत्साहित रहेको नीतिले बताइन् । यो चलचित्रमा नीति एक बिद्रोही महिलाको भूमिकामा देखिदैछिन् ।

नीतिका लागि यो फिल्म विशेष हुने देखिएको छ । चलचित्रको केन्द्रिय भूमिकामा रहेकाले पनि उनको कामले चर्चा पाएको खण्डमा उनको करिअरलाई निकै ठूलो फाइदा पुग्नेछ ।

यो चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डाक्टर रुपक घिमिरेको कथा छ । चलचित्रका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

चलचित्रले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार महिलाको संघर्षको कथालाई देखाउन लागिएकाले अभिनेत्रिमा नीति शाहलाई अनुवन्धित गरिएको हो । कामको हिसाबमा नीतिको यो दोस्रो चलचित्र हुनेछ ।

प्रतिक्रिया