Bisal Chautari Logo

चलचित्र ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

- ९ फाल्गुन २०८०, बुधबार १८:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० फागुन ९ बुधवार ।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । पटक पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब घोषित मितिमै चलचित्र रिलिज हुने गरी आगामी चैत्र २३ गतेमा फिल्म रिलिज हुने जानकारी दिएको हो ।

पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ लेखिएको छ । यसैले पनि यो चलचित्र हास्य प्रदान रहेको बुझ्न खासै गाह्रो पर्दैन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो ।

चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । चलचित्रमा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ ।

यही चलचित्रबाट एलिना गुरुङले नेपाली चलचित्रमा ‘डेव्यु’ गरेकी छिन् । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । यो चलचित्रलाई रोहित रत्नको आरआर फिल्मसले नेपालभर प्रदर्शनको जिम्मा लिएको छ ।

चलचित्रमा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ । चलचित्रको छायाङ्कन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

प्रतिक्रिया