Bisal Chautari Logo

चलचित्र ‘घरज्वाइँ’को छायांकन सुरु

- ६ फाल्गुन २०८०, आईतवार १८:३४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० फागुन ६ आइतवार।
चलचित्र ‘घरज्वाइँ’को छायांकन सुरु गरिएको छ । रुकुम पूर्वको लुगुम गाउँबाट चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री  मिरुना मगरको मुख्य भुमिका छ। अनिल बुढा मगरले निर्देशनको जिम्मेवारी सम्हालेको चलचित्रको ३५ दिनको सेड्युलमा रुकुम पूर्वको लुगुम, तकसेरा, ढोरपाटन क्षेत्रमा छायांकन हुने छ ।

चलचित्रका   निर्माता जनक घर्ती मगर  हुन् । जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले सघाएका छन् ।आगामी वर्षको असार २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा दया र मिरुनाको अलावा  बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, कविता आले लगायतको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया