Bisal Chautari Logo

क्यानडा बस्ने नेपालीलाई राई इज किङले नचाए (फोटो फिचर सहित)

- २३ असार २०७१, सोमबार ०६:१७ मा प्रकाशित


rajesh payal rai concert canada
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २३, सोमबार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले आफ्नो साङ्गीतिक वल्ड टुरको क्रममा क्यानडा बस्ने नेपालीहरुलाई नचाएका छन् । खचाखच दर्शकहरुले भरिएको क्यानडाको क्यालगरी हलमा गायक राजेश पायलले आफ्नो चर्चित गीतहरु मार्फत प्रस्तुती दिदा दर्शकहरु आफु बसेको सिट छाडेर स्टेज अगाडी नाचे, उफ्रिएका थिए ।rajesh payal rai concert canada (1)
खचाखच दर्शकहरुले भरिएको हलमा गायक राजेश पायल राईले आफ्ना नयाँ, पुराना गीतहरु गाएका थिए । आफ्नो पछिल्लो एल्बम ‘दर्शन नमस्ते २’ को गीतबाट सुरुवात गरेको कन्र्सटमा हुटिङ र वान्समोरले गायक राईले २५ वटा गीत प्रस्तुत गरेका थिए । गायक राजेश पायलले दर्शन नमस्ते २, दर्शन नमस्ते, सागर सरी, दिक्तेल बजार, सिरै फुल सिरबन्दी, धरान धनकुटा, नौ झले मायाले, संग संगै बस्न पाउ, नाइ नभन्नु ल, ओके, आखा झ्याम, माथी माथी लेकबाट बेसिमा झर्दा लगायत बोलको गीतहरु कन्र्सटमा गाएका थिए ।

[gss ids=”4398,4401,4397,4400,4399″]

ध्रुव राईको संयोजनमा शुसिला केयर सेन्टरको सहयोगार्थ आयोजना भएको कन्र्सट क्यानडाको क्याल्गरी सहरमा भएको नेपाली कन्र्सटहरु मध्ये अहिले सम्मकै भव्य भएको आयोजकले बताएका छन् । ध्रुव राईका अनुसार कन्र्सट व्यावसायिक रुपले सफल्तासंगै कन्र्सटमा पुन बोलाउन दर्शकहरुले आयोजकलाई आग्रह गरेको बताए ।
क्यानडाको कार्यक्रम भव्य रुपले सम्पन्न गरेपश्चात गायक राई आफ्नो वल्ड टुरलाई निरन्तरता दिदै पुन अमेरीका उडेका छन् । केही हप्ता अगाडी मात्र अमेरीकाको केही सहरहरुमा भव्य कन्र्सट गरेका गायक राईले पुन वासिङ्टन डि.सिमा भव्य कन्र्सट गर्न लागेका हुन् । उनका अनुसार कार्यक्रमहरु धेरै थपिएकाले अझ नेपाल आउँन १ महिना लाग्ने बताए । गायक राई नेपाल आउने वित्तिकै राई भाषाको एल्बम बजारमा ल्याउने छन् ।

ad

प्रतिक्रिया