Bisal Chautari Logo

चलचित्र ‘कार्साङ’को स्क्रिप्ट पूजा, सृजनाले डेब्यु गर्दै

- ४ फाल्गुन २०८०, शुक्रबार १५:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० फागुन ४ शुक्रवार।
यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । यम शेर्पाको निर्देशनमा बन्न लागेको चलचित्र स्क्रिप्ट पूजा कार्यक्रममा चलचित्रको कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको थियो ।

चलचित्रको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै चलचित्रबाट नव–नायिकाको रूपमा सृजना निङ्लेकुले डेब्यु गर्ने भएकी छन् । यस्तै, चलचित्रमा दिया मास्के, माओत्से गुरुङ, पुष्कर गुरुङ र छिरिङ शेर्पा सम्राट क्षेत्री छुकी शेर्पा र कर्मा शेर्पाको पनि अभिनय रहने छ ।

यम शेर्पाको यो डेब्यू निर्देशन चलचित्र हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका छन् । गोविन्द बोहोरा निर्माता रहेको चलचित्र ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ । चलचित्रको प्रोडक्शन म्यानेजरमा दिलीप पन्त रहेका छन् ।

चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ । चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

प्रतिक्रिया