Bisal Chautari Logo

कालिम्पोङमा चलचित्र ‘दान्भी’को छायांकन हुँदै

- ४ फाल्गुन २०८०, शुक्रबार १५:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० फागुन ४ शुक्रवार।
भारतको कालिम्पोङमा नेपाली चलचित्र ‘दान्भी’को छायांकन धमाधम भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो । निर्माणपक्षले यो चलचित्रको एक्सनले भरिएको टिजर सार्वजनिक गरिसकेको छ ।
चलचित्रको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माणपक्षले जानकारी दिएको छ ।
चलचित्रको छायांकनमा मुख्य कलाकारहरु पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । एक सातादेखि कालिम्पोङमा रहेकी अभिनेत्रि शर्माले भनिन्–‘हामीले फिल्मको मुख्य अंशको छायांकन गरिरहेका छौं । अझै, एक साता छायांकन सेड्यूल छ ।’
चलचित्रको टिजर सार्वजनिक भएपनि प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माणपक्ष छ । चलचित्रमा पूजा र कुन्साङको साथमा चलचित्र ‘पर्खी बसेँ तिमीलाई’का मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ ।
यो चलचित्रमा देव मगर र अनुप गडालको लगानी छ । चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन् । चलचित्रमा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन् ।
श्री श्रेष्ठको एक्सन निर्देशन रहेको चलचित्रमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ । चलचित्रका मुख्य सहाय निर्देशक नवराज शर्मा हुन् । 

प्रतिक्रिया