Bisal Chautari Logo

विश्वकप फाइनलमा ग्ल्यामरस एण्ड स्पोटर्स हुदै

- २२ असार २०७१, आईतवार १८:५९ मा प्रकाशित


glamorsh and sports kathmandu
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार २२ आइतबार । नेपालमा खेलकुद र मनोरञ्जनको क्रेज अन्य क्षेत्रभन्दा बढ्दो छ । यही कुरालाई मध्यनजर गर्दै बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रा.लिले ब्राजिलमा जारी विश्वकप २०१४ को फाइनल दिन असार २९ गते बेलुका राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा ‘ग्ल्यामरस एण्ड स्पोटर्स’ नाम विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आयोजकले केही दिन अगाडी राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएको हो ।glamorsh and sports kathmandu
संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरज तण्डुकारले कार्यक्रममा नेपालका चर्चित खेलाडीहरु हरि खड्का, विराज महर्जन, किरण चेम्जोङ, विशाल श्रेष्ठ, निराजन मल्ल र दिपक भुसालको सहभागिता रहने जानकारी दिए । ‘इभेन्टमा १० जना महिला मोडलको समेत सहभागिता रहनेछ, जसले खेलाडीसाग ६ वटा सिक्वेन्समा र्‍याम्पमा हिड्नेछन् ।’ धिरजले भने,‘ खेलकुद र मनोरञ्जनमा रमाउन चाहने आम युवापुस्तालाई ध्यानमा राख्दै हामीले कार्यक्रम गर्न लागेका हौं ।’
आयोजकका अनुसार खेलाडी तथा मोडललाई सञ्जित श्रेष्ठले कोरियोग्राफी गर्नेछन् भने कारिया बुटिक र नेपाल फेसन हाउसको डिजाइनमा तयार पारिएका पहिरन मोडल तथा खेलाडीले पहिरिएर र्‍याम्पमा प्रदर्शन गर्नेछन् । कार्यक्रमलाई थप रोमाञ्चित बनाउन डिजे शिरिको विशेष प्रस्तुति हुनेछ । कार्यक्रमको अर्को आकर्षणका रुपमा बालबालिकाहरुलाई लक्षित गर्दै ‘किड्स फेसन शो’ पनि आयोजना गरिनेछ । शोमा ५ वर्षदेखि ८ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउनेछन् ।
कार्यक्रमको अन्त्यमा विशाल प्रोजेक्टरमा विश्वकपको फाइनल हेरिने आयोजकले जनाएका छन् ।
बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रा.लिले यसअघि ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’, ‘मन्सुन फेसन परेड’, ‘मिस चितवन’, ‘फेसन यात्रा’, ‘मिस टिन ग्रिन नेपाल’ जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ ।

ad

प्रतिक्रिया