Bisal Chautari Logo

साउन १६ गते धकेलियो ‘पुन्टे परेड’

- २२ असार २०७१, आईतवार ०७:२० मा प्रकाशित


punte parade
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार २२ आइतबार । चलचित्र ‘सायद’बाट चर्चामा आएका अभिनेता सयंम पुरीद्धरा अभिनित चलचित्र ‘पुन्टे परेड’को प्रदर्शन मिति दुई साता पर धकेलिएको छ । साउन २ गते प्रदर्शन मिति तोकिएको यो सिनेमा अब साउन १६ गते मात्रै प्रदर्शनमा आउनेछ ।punte_parade
निर्देशक सुवास कोइराला बिरामी परेपछि लक्षित समयमा चलचित्रको काम नसकिएर प्रदर्शन मिति सार्नु परेको चलचित्र युनिटले बताएको छ । निर्देशकका अनुसार सिनेमाको अन्तिम चरणको काम सक्न बाँकी रहेकोले रिलिज डेट सारिएको हो । यही दुई हप्ता पर सरेको दिनमा प्रचार–प्रसार पनि अझ भव्य बनाउने निर्देशक कोइरालाको रहेको छ ।
उता निर्माता हरी महत आमाको निधनलेपनि चलचित्रको कार्यमा प्रभावित बन्न पुगेको थियो । केही समय अगाडी रिलिज गरिएको चलचत्रि ‘पुन्टे परेड’को गीत र ट्ेरलर युवा पुस्ताहरुले मनपराई रहेका छन् । यस चलचित्र प्लस टु पढ्ने विद्यार्थीको मनोविज्ञानमा आधारित छ ।
चलचित्रमा पुरीका साथमा एन्जिला दाहाल र निलु डोल्मा शेर्पाको मुख्य भूमिका रहेको छ, भने अभिनेत्री प्रियंका कार्कीको अतिथि भूमिका रहेको छ ।

प्रतिक्रिया