Bisal Chautari Logo

मान्छेको एउटै मात्र परिचय ‘मान्छे’ हो, भन्ने विषयमा सिनेमा बन्ने

- २१ असार २०७१, शनिबार ०६:१५ मा प्रकाशित


manchhe nepali movie
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार २१ शनिबार । पछिल्लो समयमा बनेका सबै नेपाली चलचित्रले व्यावसायिक रुपमा सफल्ता हासिल गरे या नगरेपनि चलचित्र बन्न भने कम भएको छैन । धेरै बनेका चलचित्रहरुमा कुनै न कुनै चलचित्रले ब्यावसायिक रुपमापनि अहिलेकै समयमा सफल्ता पाइरहेको छ । यस्तै क्रममा चलचित्र ‘मान्छे’ बन्ने भएको छ । manchhe nepali movie
बन्न लागेको फिचर चलचित्र ‘मान्छे’ युनिटले गत शुक्रवार काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गरी सिनेमा बन्ने जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक, कथा, पटकथा तथा निर्माता अजय अधिकारी शुसिलले चलचित्र ‘मन्छे’को बारेमा बोल्दै भने–‘नेपाली समाजमा मान्छेको परिचय फरक–फरक छन् । कोही गोरो–कालो, धनी–गरिव, ठुला–साना, तर हाम्रो चलचित्रको बुझाइमा मान्छे यी सबै उपनाम दिनेहरु स्वयंम मान्छे हुन् । त्यसैले मान्छेको एउटै मात्र परिचय मान्छे छ, र त्यो हो मान्छे’, निर्देशक अधिकारीले बताए ।
पौने घण्टा चलचित्रको बारेमा बोल्दै आफुले दलित माहिलाले समाजमा भोग्दै आएको विभेको भुमिका निभाएको अभिनेत्री प्रियंका कार्कीले बताइन् । भनिन्, ‘मैले अहिलेसम्म यस्तो भूमिका गरेको छैन । भोली गर्छु गदिर्न थाहा छैन । सामाजिक चेतना दिने विषय भएर छोटो फिल्ममा काम गर्न मन लाग्यो’, अभिनेत्री कार्कीले बताइन् ।
चलचित्र ‘मान्छे’को निर्माण, निर्देशन एवं लेखन अजय अधिकारीले गरेका छन् । चलचित्रमा अभिनेत्री प्रियंकासँगै अजय, किरण केसी, सुरविर पण्डित, बसुन्धरा भूषाल, लक्ष्मी गिरीको साथमा बालकलाकार अमृत बास्ताकोटीको अभिनय रहनेछ । चलचित्र ‘मान्छे’लाई हरी हुमागाइँले खिच्नेछन्, भने सम्पादन निशान घिमिरेको रहने छ । चलचित्र युनिट छिट्टै सुटिङमा ब्यास्त हुनेछन् ।

movie : manchhe nepali movie
cast : priyanka karki, kiran kc, shurbir pandit, basundhara bhusal, laxmi giri, amrit bastakoti etc.
director : Ajay Adhikari Sushil

ad

प्रतिक्रिया