Bisal Chautari Logo

चलचित्र ‘हात्तीछाप’ हेर्न स्वस्तिमा खड्का र निश्चल बस्नेत पुगे

- २८ माघ २०८०, आईतवार २२:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ २८ आइतवार।
प्रिमियरमा निम्तो पुगेर पनि उपस्थित हुन नसकेका अभिनेत्रि स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत शनिबार राती काठमाडौंको बीग मुभिजमा ‘हात्तीछाप’ हेर्न पुगे ।

चलचित्र हेरेपछि अभिनेत्रि स्वस्तिमा खड्काले मिडियासँग भनिन्–‘चलचित्र हेर्नु अगाडि भन्दा अहिले हेरेपछि झनै बढेको छ । चलचित्र हेरेपछि हात्तीछाप भनेको के रहेछ भन्ने वुझ्ने मौका पाएँ । यही कुरा नै चलचित्रमा रमाइलो रहेछ ।’
यस्तै, निर्देशक निश्चल बस्नेतले ‘हात्तीछाप’लाई मनोरञ्जनात्मक चलचित्र भनेका छन् । उनले भने–‘मलाई चलचित्र ठिकै लाग्यो । अझै राम्रो हुन सक्थ्यो भन्ने लागेको छ । तर, चलचित्र निकै रमाइलो छ । हेर्दा ठाउँ ठाउँमा हसाँइरहेको थियो ।’
निश्चलले चलचित्रको शिर्षक अनुसार कथावस्तु सार्थक भएको पनि बताए । स्वस्तिमाले दयाहाङ राई र सौगात मल्लको काम गर्ने तरिका फरक फरक रहेको बताइन् । भनिन्–‘सौगात दाईले जहिले पनि केही फरक गर्ने कोशिश गर्नुहुन्छ । दया दाईको अभिनय अर्गानिक छ । हामी भने सौगात दाईको क्यारेक्टरमा निकै रमाइलो गरिरहेका थियौं । तर, चलचित्रको कथावस्तु दया दाईले अगाडि बढाउनु भएको छ ।’
स्वस्तिमाले नायिका उपासना सिंह ठकुरीको कामको पनि प्रशंसा गरिन् । चलचित्र भित्रको राजनीतिक बिषयको बारेमा निश्चलले भने–‘नेपालको राजनीतिक अवस्था नै डामाडोल रहेकाले हरेक चलचित्रमा यसको मुद्दा उठ्नु स्वभाविक नै हो । यसमा पनि आफ्नै तरिकाले राजनीतिलाई देखाइएको छ । चलचित्र मनोरञ्जनात्मक छ । दर्शकले हेर्नुभयो भने पक्कै पनि रमाइलो मान्नु हुन्छ होला ।’
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्म शुक्रबारदेखि नेपाल र विदेशका रिलिज भइरहेको छ । 

प्रतिक्रिया