Bisal Chautari Logo

‘बिर्खेलाई चिन्छन्’को ट्रेलर र टाइटल गीत सार्वजकि (भिडियो सहित)

- २१ असार २०७१, शनिबार ०४:४३ मा प्रकाशित


Subash Thapa-Birkheylai Chinchhas
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार २१ शनिबार । अभिनेता सुवास थापाले लगानी गरेको आफ्नो पहिलो चलचित्र ‘बिर्खेलाई चिन्छस्’को ट्रेलर र टाइटल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक समारोहमा बोल्दै अभिनेता थापाले चलचित्र नेपाली माटोलाई सुहाउँदो बनेको बताए । भने–‘चलचित्रमा पुरै नेपालीपन देख्न सकिनेछ । चलचित्रले दर्शकलाई मनोरञ्जनका साथमा केही शिक्षापनि पक्कै दिनेछ’, अभिनेता सुबासले बताए । चलचित्रको शिर्ष भूमिकामा सुवास स्वयम् रहेका छन् ।Subash Thapa (2)
त्यस्तै प्रेसमिटमा बोल्दै चलचित्रका लेखक जगदिश्वर थापाले चलचित्र ‘बिर्खेलाई चिन्छस्’ले हाम्रो समाजको साधारण व्यक्तिको कथालाई बोकेको बताए । त्यस्तै निर्देशक अराज केशवलेपनि छोटो भनाइ राख्दै चलचित्र राम्रो बनेको बताए ।Subash Thapa (1)
चलचित्र ‘बिर्खेलाई चिन्छस्’मा निर्माता सुवास थापासँगै आयुशा राई, बिनिता खड्का, सुरेश उप्रेती, बालदिप राई, सुरविर पण्डित, शिशिर राणा, निर्मल शर्मा, लुनिभा तुलाधर, सिसिर भण्डरी लगायतको अभिनय रहेको छ । निरज कँडेल र रामशरण उप्रेती फिल्मका छायाँकार हुन् । मोहित मुनालको संगीत रहेको यो चलचित्रमा गोविन्द राई र गम्भिर विष्टको नृत्य निर्देशन रहेको छ । चलचित्रमा मोहित मुनाल, प्रश्ना शाक्य र सन्तोष लामालेस्वर दिएका छन् । प्रेस मिटमा ‘विर्खेलाई चिन्छस्’ को प्रोमो तथा गीत देखाइयो । चलचित्र भदौको २० गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।

Birkheylai Chinchhas
Casts : Subash Thapa, Aayusha Rai, Binita Khadka
Cinematogrpher : Niraj Kandel, Ramsharan Upreti,
Music : Mohit Munal
Lyrics : Bashudev Munal, Jagdishwor Thapa, Araaj Keshav Giri
Writer & Screenplay : Jagdishwor Thapa
Produced by : Subash Thapa
Directed by : Araaj Keshav Giri

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला ।

ad

प्रतिक्रिया