Bisal Chautari Logo

किरण केसी र दीपाश्री निरौला फिचर्ड ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ गीत सार्वजनिक

- २७ माघ २०८०, शनिबार १०:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ २७ शनिवार।
१५ वर्षअघि निर्माण भएको चलचित्र ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ ।

जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हँुदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत एवम् एरेन्ज छ ।

गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दीपाश्री निरौला, बाल कलाकारहरु रियान खड्का र प्रनिता रोकाया फिचर्ड छन् ।

माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायाङ्कन, सियोब श्रेष्ठको नृत्य, सलिन लम्सालको सम्पादन, नन्दा अधिकारीको श्रृङ्गार र सरस्वती श्रेष्ठको केश विन्यास रहेको छ । भिडियो राजन श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया