विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ २६ शुक्रवार। गीतको भिडियोमा बिमलसँगै अभिनेत्री गरिमा शर्मालाई देख्न सकिन्छ । भिडियो लुम्बिनीसँगै बिभिन्न रमणीय स्थानमा खिचिएको छ । मौसम हिमालीको निर्देशन रहेको भिडिओ राजेश घिमिरेले खिचेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
गीतमा सर्जक तथा निर्माता बिमले यसपटक पनि गीतको अडियो अनुसार कुनैपनि कुरामा कमि नगरी भिडियो निर्माण गरेको बताउँछन् । हामीलाई यसअघिका ‘ए होर माया’को दुईवटा सिरिजलाई निकै मन पराइदिनुभयो ।यसपटक पनि दर्शकले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’ बिमलले भने, ‘सार्वजनिक भएसँगै निकै राम्रो प्रतिक्रिया पाइरहेकोछु ।’
यसअघिको ‘ए होर माया’लाई युट्युवमा २७ मिलियनपटक हेरिएको छ भने ‘आहा माया’ लाई पनि ८ मिलियन भन्दा बढी पटक हेरिएको छ ।
प्रतिक्रिया