Bisal Chautari Logo

सुमी चाम्लिङको ‘आउँन, आउँ तिमी मेरो जिवनमा’ सार्वजनिक (म्युजिक भिडियो सहित)

- २० असार २०७१, शुक्रबार १४:११ मा प्रकाशित


sumi chamling rai
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार १९ विहिबार । चर्चित लोक आधुनिक तथा पप आधुनिक गायिका सुमी चाम्लिङ राईको ‘आउँन आउँ तिमी मेरो जिवनमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
केही समय अगाडी विभिन्न टेलिभिजनबाट सार्वजनिक भएको यो गीतको बारेमा बताउदै गायिका सुमिले भनिन्–‘दर्शकहरु तथा श्रोताहरुले एल्बमका गीतहरु धेरै राम्रो बनेको प्रतिकृया दिइरहका छन् । एल्बमका गीतहरु सार्वजनिक भएपछी नेपाल लगायत विभिन्न कार्यक्रम आयोजकहरुले कन्र्सटका लागी कुराकानी गरिरहेका छन् ।sumi chamling rai
मेरो स्वर तथा नेपाली संगीतका फ्यानहरुले युटुबबाट आज मात्र सार्वजनिक भएको गीत हेरेर राम्रो कमेन्ट दिइरहेको गायिका सुमीले बताइन् । sumi chamling raiसार्वजनिक भएको म्युजिक भिडियोलाई थाइल्याण्डमा सुटिङ गरिएको छ । डि.पि खनालको शब्द तथा धनु ग्याङ्मीको संगीतमा बनेको म्युजिक भिडियोलाई पछिल्लो समयका ब्यास्त निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । गोपाल रर्सालिले एरेञ्ज गरेको म्युजिक भिडियोमा सुप्रिया र सुजनले मोड्लिङ गरेका छन् । नितिन चन्दले खिचेको यस म्युजिक भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरेका हुन् ।
सार्वजनिक भएको ‘आउँन आउँ तिमी मेरो जिवनमा’ बोलको गीत गायिका सुमी चाम्लिङ राईको दास्रो एल्बम ‘जव सम्म’मा समावेश रहेको छ । ५ गीत समावेश गरिएको एल्बममा ‘जब सम्म, ‘आउँन आउँ तिमी मेरो जिवनमा, हराएको आफ्नो मान्छे, मलाई आखामा राखेर हेर र चनचल हुन्छ मन बोलको गीतहरु समावेश गरिएको छ । एल्बममा डि.पी खनाल, बसन्त सापकोटा, ओम प्रकाश राई, मिलन राईको शब्द रहेको छ, भने धनु ग्याङ्मी, बसन्त सापकोटा, ओम प्रकाश राईको संगीत रहेको छ ।
आज भन्दा करिव ५ वर्ष अगाडी होला, नेपाली साङ्गीतिक क्षेत्रमा औपचारीक रुपमा भित्रिएकी गायिका सुमी चाम्लिङ राईको पहिलो एल्बमको ‘दिक्तेल बजार’ बोलको गीतबाटै चर्चामा रहेकी थिइन् । उनको पहिला एल्बम ‘दिक्तेल बजार’ सार्वजनिक भएपछी रातारात गीत हिट भएपनी गायिका सुमी चाम्लिङ सोही समयमा बाहिर देश जान परेकाले संगीतमा लगनशिलता दिन सकेनन् । गायक राजेश पायलसंग गाएको सो एल्बमको ‘दिक्तेल बजार’ बोलको गीतलाई दर्शक श्रोताहरुले मनपराइदिएका थिए । अहिलेपनि पुर्वमा हुने विभिन्न कार्यक्रममा सोही गीत घन्किरहेको हुन्छ ।

Song Title:Aau Na
Vocal:Sumi Chamling Rai
Music:Dhanu Gyangmi
Lyrics:D.P. Khanal
Company:Rescue Creation
Actor:Supriya,Sujan
Director:SAMAN ADHIKARI
Camera:Nitin Chand
Edit:Rabindra Khadka

प्रतिक्रिया