Bisal Chautari Logo

सन् २००९देखी गयल भएपछी गायक प्रशान्त तामाङ भारतीय प्रहरीबाट बर्खास्त

- २० असार २०७१, शुक्रबार ०४:५० मा प्रकाशित


prashant tamang police suspended
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार २० शुक्रबार । पूर्व इन्डियन आइडल तथा नेपाली गायक, अभिनेता प्रशान्त तामाङलाई भारतीय प्रहरीले अनुशासन कारवाही गर्दै सेवाबाट बर्खास्त गरेको छ । कलकत्ता पुलिसमा जवान पदमा कार्यरत तामाङ इन्डियन आइडल भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै उनलाई बर्खास्त गरिएको एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खवर छापेको छ । prashant tamang police suspended
समाचारमा बताइए अनुसार गायक तथा अभिनेता तामाङ सन् २००९ देखि २०१४ सम्म १ हजार ८ सय ७० दिन गयल भएका छन् । पश्चिम बंगाल प्रहरीले गयल हुनुको कारण पेश गर्न गत जुन १३ तारिखमा सूचना प्रकाशित गरेको थियो । चित्तबुझ्दो कारण नदेखिएपछि तामाङलाई सेवाबाट बर्खास्त गरिएको हो । प्रशान्तका बाबु मदन तामाङ पनि पश्चिम बंगाल प्रहरीमा कार्यरत थिए । सेवामा रहेकै बखत निधन भएपछि छोराले प्रहरीमा भति पाएका थिए । इन्डियन आइडल भएपछि तामाङ भारत, नेपाल तथा नेपालीभाषी समुदायका स्टेज कार्यक्रममा सहभागी हुन थालेका थिए भने उनले नेपालमा बिभिन्न चलचित्रमा अभिनय पनि गरेका छन् । उनले अभिनय गरेको नेपाली चलचित्र ‘गोर्खापल्टन’ले राम्रो सफलता पाएको थियो । उनीद्धरा अभिनित लाहुरे सम्वन्धि चलचित्र ‘निशानी’ रिलिजको तयारीमा रहेको छ ।

प्रतिक्रिया