Bisal Chautari Logo

‘पुन्टे परेड’को डायलगले चर्चा बटुल्दै (डाइलग सहितको ट्रेलर)

- १९ असार २०७१, बिहीबार १८:५४ मा प्रकाशित


samyam puri movie punte parade
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार १९ विहिबार । श्राउन २ गते रिलिजमा अउन लागेको चलचित्र ‘पुन्टे परेड’को डाइलगहरु अहिले युवा पुस्ताहरु माझ चर्चा बटुलिरहेको छ । अभिनेता संयम पुरीले अभिनय गरेको पहिलो चलचित्र ‘सायद’पछीको दास्रो चलचित्र भएकालेपनि आसा गरिएको चलचित्रको प्रोमोलाईपनि दर्शकहरुले राम्रो प्रतिक्रया दिइरहेका छन् ।samyam puri movie punte parade
साहन मुभी मेकर्स र आइडियाज एण्ड इमेजेज प्रा.लि.को ब्यानरमा निमिर्त यस चलचित्रलाई हरि महत संगै सुरज कोइराला र अनिल अधिकारीको लगानी रहेको छ । चलचित्रमा संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा, रबिन्द्र खड्का, स्वेता थापा, गीता अधिकारी, सरोज श्रेष्ठ, नाजिर हुसेन संगै अभिनेत्री प्रियंका कार्कीको बिशेष भूमिकामा रहेको छ । यो चलचित्रको परिकल्पना निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ । दर्शना आट्र्सले बितरण गदैछ । चलचित्रको ट्रेलर र यसका डायलग अहिले युवा पुस्ता माझ चर्चा बटुल्दै छ । साथै सामाजिक सञ्जालमा यस चलचित्रको ट्रेलर हेरेर डाइलगहरु स्टाटसको रुपमा प्रयोग गर्नेहरुपनि बढिरहेको छ ।

प्रतिक्रिया