Bisal Chautari Logo

अर्ध नग्न फेसनको विरोधले प्रबल गुरुङ तनावमा (फोटो फिचर सहित)

- २६ माघ २०७०, आईतवार ०८:२१ मा प्रकाशित


न्युयोर्क : पछिल्लो समयका विश्व चर्चित नेपाली फेसन डिजाइनर प्रबल गुरुङले अमेरिकाको न्युयोर्क स्थित मोयनिहान स्टेसनमा एकल फेसन सप्ताह आयोजना गरेका छन् । तर फेसन सप्ताहको पहिलो दिनमै उनले एक अर्धनग्न आफ्नै फेसनका कारण प्रदर्शनकारीको सामना गर्नुपर्‍यो ।
गत शनिबार सुरु फेसन सप्ताहको केही मिनेटमै लगौंटी लगाएका एक युवक र्यानम्पमा उत्रिएपछि फेसन डिजाइनर गुरुङ आतिएका थिए । कालो रेनकोट, स्वर्ण मुकुट, रातो मोजा र पेन्टी लगाएर सो युवक र्‍याम्पमा उत्रिएका थिए । सो युवक र्‍याम्पमा उत्रिएपछि एकल फेसन सप्ताह आयोजना गरेका गुरुङ ब्याकस्टेजबाट दौडिँदै बाहिर निस्किएका थिए । सेक्युरिटीको सहयोगले केही क्षणपछि फेसन सप्ताहको स्थिति साम्य पारिएको थियो । तस्विरहरु : एपी

प्रतिक्रिया