Bisal Chautari Logo

माइकल चन्दको डेब्यू निर्देशनमा चलचित्र ‘राम नाम सत्य’को घोषणा

- १३ माघ २०८०, शनिबार १७:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ १३ शनिवार।
म्युजिक भिडियोका सफल निर्देशक माइल चन्दले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा नयाँ चलचित्रको घोषणा गर्दै उनले चलचित्र निर्देशनमा हात हालेका हुन् ।
माइकलले निर्देशन गर्न लागेको डेब्यू चलचित्रको नाम ‘राम नाम सत्य’ राखिएको छ । चलचित्रको कथा पनि स्वयंम चन्दले नै लेखेका हुन् ।
चलचित्रमा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहने पक्का भएको छ । यो चलचित्रको सार्वजनिक थिम पोष्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ । साथमा, आकृतीमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । डार्क शैलीमा तयार पारिएको पोष्टरले चलचित्रको बारेमा धेरै कुरा बोल्न खोजेको छ । चलचित्रको नाम अनुसार, यसले बदलाको कथा भन्न खोजेको देखिन्छ ।
यो चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भएको छ । अहिले चलचित्रको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए । उनले भने–‘चलचित्र निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो । साथमा, अहिलेको समसामयिक बिषयवस्तुमा केही फरक कथा भन्नुपर्छ भन्ने पनि लागेको थियो । यसैले, चलचित्र निर्देशन आरम्भ गर्न लागेको हुँ ।’
दर्जनौ म्युजिक भिडियो बनाएका चन्दले यो चलचित्रलाई आउँदो बर्षबाट छायांकनमा लैजाने बताएका छन् । चलचित्रका लागि कलाकारको छनोट प्रक्रिया अगाडि बढिसकेको उनले बताए । 

प्रतिक्रिया