Bisal Chautari Logo

राई इज किङलाई क्यानडामा भव्य स्वागत (भ्रमणका तस्बिर सहित)

- १९ असार २०७१, बिहीबार १६:४८ मा प्रकाशित


Rajesh payal rai Canada concert 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार १९ विहिबार । म्युजिकल वल्ड टुरका लागी केही महिना अगाडी नेपाली पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राई निस्किएका थिए । वल्ड टुरका लागी निस्किएको ४१ औँ दिनमा अहिले ‘राई इज किङ’ राजेश पायल क्यानडामा रहेका छन् । केही दिन अगाडीमात्र अमेरीकाको भब्य साङ्गीतिक कन्र्सटहरु सकेर सिधै क्यानडा जादा उनलाई एरपोर्टमा भब्य स्वागत गरिएको थियो ।rajesh payal rai Canada concert (1)
क्यानडा लेथब्रिज सहरमा भएको पहिलो कार्यक्रममा गायक राजेश पायल राईको सो भव्य भएको आयोजक नेपाल क्यानडियन भुटानिज सोसाइटिका सञ्जोक कमल दाहालले बताउदै भने–‘अहिले सम्मकै भव्य कार्यक्रम भयो ।’ सो कार्यक्रम सकेर राई इज किङ अहिले क्यागरी कन्र्सटका लागी प्रस्थान गरेका छन् । क्यालगरीमा गायक राईलाई आयोजक कमिटी सुशिला केयर सेन्टरका अध्यक्ष भुवन पराजुलिले भव्य स्वागत गरेका थिए । गायक राजेश पायलको कार्यक्रम आउँदो जुलाई ५ तारीकको दिन भव्यताका साथ सम्पन्न हुने आयोजकले बताएका छन् ।

[gss ids=”4362,4361,4357,4358,4363,4360,4359″]

कन्र्सटको तालिका मिलाएर अहिले गायक राजेश पायल राई क्यानडाको क्यालगरी सहर घुमघाममा रहेका छन् । उनको भ्रमणको तस्बिरहरु अफिसिय फेसबुक पेज र ट्विटरमा अपडेट भएका छन् ।
अष्ट्रेलियाबाट थालेको वल्ड टुर अमेरीका हुदै यो कार्यक्रम सकिएपछी गायक राजेश पायल राई पुन अमेरीका, मलेसिया, हङकङ र कोरियाको लागी प्रस्थान गर्दैछन् ।

ad

प्रतिक्रिया