Bisal Chautari Logo

‘अगस्त्य’को नयाँ पोष्टरमा मलिका महत

- ९ माघ २०८०, मंगलवार २२:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ ९ मंगलवार ।
फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ चर्चामा छ । चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि चलचित्रको चर्चा चुलिएको हो ।

यसैबिच, यसको निर्माणपक्षले टिजर रिलिजको ३ दिन अगाडि नायिका मलिका महतको लुक्स  सार्वजनिक गरेको छ । यो चलचित्रमा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् ।

चलचित्रमा उनको भूमिका के हो भन्ने खुलेको छैन । सौरभ चौधरीको निर्देशनमा तयार भएको यो चलचित्रमा कलाकार तथा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ ।

यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । 

प्रतिक्रिया