Bisal Chautari Logo

काठमाण्डौ ज्वेलर्स युकेको ‘१० औ एनिवर्सरी लक्की ड्र’मा ग्राहकलाई सुन जित्ने मौका

- ९ माघ २०८०, मंगलवार १९:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
युके, २०८० माघ ९ मंगलवार ।
बेलायतको आशफोर्ड केन्टमा रहेको काठमाण्डौ ज्वेलर्स युकेको स्थापना भएको १० औ वर्ष १८ जुनमा पुरा हुदैछ । यति अवसर पारेर काठमाण्डौ ज्वेलर्स युकेले आफ्ना ग्राहकहरुलाई सुन जित्ने मौका जुराउदै ‘१० औ एनिवर्सरी लक्की ड्र’को आयोजना गरेको छ ।

काठमाण्डौ ज्वेलर्स युकेको आशफोर्डमा पसल भिजिट गरेपछि लक्कि ड्र भर्न पाउने ब्यावस्था गरिएको काठमाण्डौ ज्वेलर्स युकेका सञ्चालक (वनर) तथा समाजसेवी राजेन रामजङ राईले जानकारी दिए । २०१४, १८ जुनमा युकेको मेडिसटोनबाट सुरुवात भएको काठमाण्डौ ज्वेलर्स युकेले ग्राहकहरु आफ्नो परिवार भएर जोडिएको राजेनले बताए ।

१८, जुनमा खोलिने लक्की ड्र मार्फत पुरस्कार स्वरुप क्रमश पहिलो हुने भाग्यमानी ग्राहकलाई १ तोला सुन, दोस्रो हुनेलाई आधा तोला सुन र तेस्रो हुनेलाई ४ आना सुन दिइने काठमाण्डौ ज्वेलर्स युकेका वनर लिनवाङ राईले जानकारी दिइन् । लक्की ड्र खोल्दा सामाजिक संञ्जाल मार्फत लाइभ गरेर खोलिनेछ । सो दिन काठमाण्डौ ज्वेलर्स युके भिजिट गर्ने सबै ग्राहकहरुलाई बिशेष उपहारपनि प्रदान गर्न लागिएको राजेनले जानकारी दिए । साथै काठमाण्डौ ज्वेलर्स युकेको ‘१० औ एनिवर्सरी’को अवसरमा अहिले सेलपनि चलिरहेको छ ।

प्रतिक्रिया