Bisal Chautari Logo

को बने किम र कन्वेको हनिमुन बाधक

- २६ माघ २०७०, आईतवार ११:३९ मा प्रकाशित


न्युयोर्क : सोशलाईट किम कार्डेशियन र उनको श्रीमान र्‍यापर कन्ये वेस्त आफ्नो हनिमुनमा छोरीलाई नलैजाने भएका छन् । हनिमुनको लागि इटालिको शहर बेनिस जाने योजना बनाईरहेका उनीहरुले डेढ वर्षको छोरी नार्थलाई भने छोडेर जाने छन् । किम र कन्ये गत मे महिनामा एक भव्य समारोहको बीच विवाह वन्धनमा बाधिएका थिए । उनीहरुको आठ महिनाकी छोरी नार्थलाई पनि विवाहमा सहभागिता गराईएको थियो ।
विवाह पछि कन्येले पुरै समय आफ्नो नयाँ दुलहीको साथ एक्लै रोमाण्टीक छुट्टिमा विताउन चाहेको हलिउड सञ्चार माध्ययमले जनाएको छ । कन्ये आफ्नो हनिमुनमा छोरीलाई सगै लान नचाहेको समेत किमलाई स्पष्ट बताएको समेत समाचारमा उल्लेख छ । उनीहरुको उनीमुको वेला नार्थ सम्भवत पेरिसको घरमा हुनेछन् । यस कुराले ३३ वािर्षय किम समेत निकै उत्साहित भएकी छिन् । किनकी उनले पनि हनिमुनमा नार्थलाई सहभागि नगराउने सोचेकी थिइन् ।

प्रतिक्रिया