Bisal Chautari Logo

‘दिक्तेल बजार’को सफल्तापछी सुमी चाम्लिङले ‘जव सम्म’ लिएर आइन्

- १९ असार २०७१, बिहीबार ११:२३ मा प्रकाशित


sumi chamling rai albam

ब्रकर : विशाल चौतारी डटकमसंग कुराकानी गर्दै गायिका सुमी चाम्लिङले भनिन्–‘केही समय साङ्गीतिक क्षेत्रमा आउन नपाएको मात्र हो, तर म हराएको भने होइन । मेरो पहिलो एल्बमका गीतहरु सुन्ने दर्शकहरुले सधै नयाँ एल्बम कहिले आउछ भन्ने प्रश्न गरिरहनुहुन्थ्यो । त्यही दर्शकहरुको प्रश्नलाई मेटाउदै, अनी नेपाली साङ्गीतिक क्षेत्रमा योगदान दिदै पुन ५ वर्षपछी फेरी नयाँ एल्बम ‘जब सम्म ल्याएको छु ।’

विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार १९ विहिबार । प्राय साङ्गीतिक कार्यक्रमहरुमा चर्चित गायक राजेश पायल राईले गाउँने गरेको एउटा नछुट्ने गीत ‘दिक्तेल बजार’ बोलको गीतपनि हो । यो गीत कन्र्सटहरुमा घन्किदा दर्शकहरुको एउटै प्रश्न उठ्ने गरेको छ, ‘गायिका कता हराइन् ?’ sumi chamling rai albam (1)
आज भन्दा करिव ५ वर्ष अगाडी होला, नेपाली साङ्गीतिक क्षेत्रमा औपचारीक रुपमा भित्रिएकी गायिका सुमी चाम्लिङ राई हुन्, सो ‘दिक्तेल बजार’ बोलको गीतको गायिका । र उनैलाई कन्र्सटहरुमा हराएको भन्ने आरोपपनि लागेको थियो । उनको पहिला एल्बम ‘दिक्तेल बजार’ सार्वजनिक भएपछी रातारात गीत हिट भएपनी गायिका सुमी चाम्लिङ सोही समयमा बाहिर देश जान परेकाले संगीतमा लगनशिलता दिन सकेनन् । गायक राजेश पायलसंग गाएको सो एल्बमको ‘दिक्तेल बजार’ बोलको गीतलाई दर्शक श्रोताहरुले मनपराइदिएका थिए । अहिलेपनि पुर्वमा हुने विभिन्न कार्यक्रममा सोही गीत घन्किरहेको हुन्छ ।
आफु नेपाली साङ्गीतिक क्षेत्रबाट हराएको भन्ने आरोपको बारेमा विशाल चौतारी डटकमसंग कुराकानी गर्दै गायिका सुमी चाम्लिङले केही समयको लागी बाहिर जानुपरेकाले प्राथमिकता चाही दिन नपाएको बताइन् । भनिन्–‘ केही समय साङ्गीतिक क्षेत्रमा आउन नपाएको मात्र हो, तर म हराएको भने होइन । म बाहिर रहदाँपनि नेपाली साङ्गीतिक क्षेत्रलाई केही योदगान गरौ भन्ने लागीरहन्थ्यो । मेरो पहिलो एल्बमका गीतहरु सुन्ने दर्शकहरुले सधै नयाँ एल्बम कहिले आउछ भन्ने प्रश्न गरिरहनुहुन्थ्यो । त्यही दर्शकहरुको प्रश्नलाई मेटाउदै, अनी नेपाली साङ्गीतिक क्षेत्रमा योगदान दिदै पुन ५ वर्षपछी फेरी नयाँ एल्बम ‘जब सम्म ल्याएको छु’, गायिका सुमीले बताइन् ।

[gss ids=”4353,4352,4351,4350″]

केही समय अगाडी विभिन्न टेलिभिजनबाट एल्बमको गीत सार्वजनिक भएको बताउदै गायिका सुमिले भनिन्–‘दर्शकहरु तथा श्रोताहरुले एल्बमका गीतहरु धेरै राम्रो बनेको प्रतिकृया दिइरहका छन् । एल्बमका गीतहरु सार्वजनिक भएपछी नेपाल लगायत विभिन्न कार्यक्रम आयोजकहरुले कन्र्सटका लागी कुराकानी गरिरहेका छन् । मेरो स्वर तथा नेपाली संगीतका फ्यानहरुले एल्बमको गीतहरु सुनेपछी युटुबमा भिडियो कहिले आउँछ भनेर धेरै सोधिरहनु भएको छ’, ,’ गायिका सुमी चाम्लिङ राईले बताइन् । एल्बमको म्युजिक भिडियो अब एक–दुई दिनमै सार्वजनिक हुने गायिका सुमीले बताइन् । उनका अनुसार पप प्याटोर्नको ‘आउँन, आउँ तिमी मेरो जिवनमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक हुदैछ ।
५ गीत समावेश गरिएको एल्बममा ‘जब सम्म, ‘आउँन आउँ तिमी मेरो जिवनमा, हराएको आफ्नो मान्छे, मलाई आखामा राखेर हेर र चनचल हुन्छ मन बोलको गीतहरु समावेश गरिएको छ । एल्बममा डि.पी खनाल, बसन्त सापकोटा, ओम प्रकाश राई, मिलन राईको शब्द रहेको छ, भने धनु ग्याङ्मी, बसन्त सापकोटा, ओम प्रकाश राईको संगीत रहेको छ ।
एल्बमका तिन गीतको म्युजिक भिडियो भइसकेको छ । एल्बमका अन्य २ गीतकोपनि म्युजिक भिडियो तयार हुने गायिका सुमी चाम्लिङ राईले बताइन् । पहिलो एल्बममा ३ गीत ‘दिक्तेल बजार, हिउँखोलीको चिसो पानी र कोठेलाई साघो बोलको गीतहरु समावेश रहेको थियो ।

ad

प्रतिक्रिया