विशाल चौतारी समाचार
काठमाडौं,२०८० माघ ५ शुक्रवार । अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् ।
निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै चलचित्रमा उनी फाइनल भएको जानकारी दिएको हो । विल्सनका अनुसार विजय यो चलचित्रमा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । उनी लाहुरेको भुमिका रहने वा दाउरेको भनने केही खुलाइएको छैन् ।
चलचित्रको मुख्य भुमिकामा उनले यसअधि नै मुख्य भुमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । विजयको प्रवेशसँगै चलचित्रमा कलाकारको लाइनअप पनि बलियो बन्दै गैरहेको छ । चलचित्रमा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुङगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।
विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले चलचित्र बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको चलचित्रको लेखन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हुनेछ ।
यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । चलचित्रको निर्मातामा सरिना लामा छिन् । चलचित्रको संगीत अनमोल गुरुङले गर्नेछन् ।
प्रतिक्रिया