विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ १ सोमवार । राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्रको मुख्य भुमिकामा अभिनेता माओत्से गुरुङ पनि अनुबन्धित भएका छन् ।
चलचित्र माघ २८ गतेबाट फ्लोरमा जाँदैछ । चलचित्रमा यसअघि नै मुख्य कलाकारको रुपमा पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ । केही दिन अगाडि घोषणा भएको चलचित्रको अहिले पनि केही कलाकारको छनोट भइरहेको छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने चलचित्रमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
प्रतिक्रिया