Bisal Chautari Logo

‘तोरी लाहुरे‘ को प्रोमो सार्वजनिक

- २६ माघ २०७०, आईतवार १७:३४ मा प्रकाशित


विशाल चौतारी  समाचार
काठमाडौं, २६ माघ ।
दन्द्ध निर्देशक एनबी महर्जनले निर्देशन गरेको एक्सन कमेडी चलचित्र ‘तोरी लाहुरे’को अफिसिय प्रोमो, सार्वजनिक गरिएको छ । आईतवार सार्वजनिक गरिएको चलचित्रको हल ट्रेलरमा चलचित्रले उठाएको बेरोजगारी समस्या सहित नारी अस्मिताको बिषयलाई प्रोमोमा पनि हाईलाईट गरिएको छ ।

दिल कुमार तामाङ ‘वाले’को चलचित्र ‘तोरी लाहुरे’ रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा बनेको चलचित्रका निर्माता रोशिफ तामाङ रहेका छन् । चलचित्रमा रोहित रुम्बा, गजित बिष्ट, सुवास थापा, समुना केसी, अशिष्मा नकर्मीको मुख्य भुमिका रहेको छ, भने चलचित्रमा दिल कुमार तामाङ ‘वाले’, दिनेश डिसी लगायतको पनि अभिनय रहेको छ । कृष्ण आचार्यले चलचित्रको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको दन्द्धनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ । यो चलचित्र आउदो फागुन २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया