Bisal Chautari Logo

खोटाङको बराहा पोखरीमा दुर्लभ रातो माछा मासिदै

- १८ असार २०७१, बुधबार १३:४७ मा प्रकाशित


khotang Barahapokhari
भिम राई / विशाल चौतारी सम्बाददाता
खोटाङ, २०७० असार १८ बुधवार । खोटाङको बराहपोखरीमा रहेको दुर्लभ मानिएको रातो माछा मासिन थालेका छन् । फोहोरमैलाको कारण पोखरीमा रहेको रातो माछा मर्न थालेपछी यस्तो अवस्था आएको हो ।  स्थानीयबासीले पोखरीमा नुहाउने र लुगा धुने गरेका कारण जिल्लाको पर्यटकीयस्थल बराहपोखरीको रातो माछा मासिन थालेका हो ।khotang Barahapokhari
बढ्दो फोहोरमैला र साबुन प्रयोगका कारण बराहपोखरी गाविसस्थित पोखरीमा पाइने संसारकै दुर्लभ रातो माछा लोप हुादै गएको स्थानीय जुक्तीराम राईले बताएका छन् । जलवायु परिवर्तन र बढ्दो तापक्रमको अशरका कारण पनि बराहपोखरीको रातो माछा हराउन थालेको स्थानीयबासीको भनाई रहेको छ ।
बथानका–बथानमा आउने पानी हाासले माछाको आहारा खाने गरेको र हाासले खाने नखाएपनि चोट पार्ने गरेकाले माछा मरेको अवस्थामा भेटिएको छ । खडेरीको परेको समयमा पानीको तालमा माछा मरेको भेटिएको राईले जानकारी दिए । महिनामा करिव ४/५ सय मरेका माछा पोखरीमा तैरिरहेका भेटिने गरेको राईको भनाइ छ ।
दुर्लभ रातो माछा संरक्षणकालागि स्थानीय केटाकेटीहरुले गुलेली प्रयोग गरी हाास धपाउने प्रयास गरेपनि पर्याप्त हुन सकेको छैन । चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देख्न सकिन्छ ।
३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको पोखरीमा बार्‍है मास टम्म पानी हुनु पोखरीको बिषेशता हो । तर उचित संरक्षणको अभावमा पोखरीको आकार पहिलेको जस्तो नभएको स्थानियको भनाई छ । उदयपुर जिल्लाको रौताहा पोखरी र खोटाङको बराह पोखरी दिदिबहिनी भएको किम्बदन्ती रहेको छ । किम्बदन्तीका अनुसार शुरुवातमा बराहपोखरीमा भ्यागुता र रौताहामा रातोमाछा रहेको बेला दिदिबहिनीको झगडा भएको र झगडामा बराहापोखरीले भ्यागुता पठाएको र रौताहाले रातोमाछाले हिर्काएको भनाईरहेको छ । पोखरीको पानी एक किलोमिटर तल रहेको सुरुङबाट निकास हुने गरेको छ ।

प्रतिक्रिया