Bisal Chautari Logo

आवाजको दुनियाँको साथी, दिनेश डिसी अब ब्लक बस्टर निर्देशक

- २७ माघ २०७०, सोमबार ०४:३२ मा प्रकाशित


विशाल राई
काठमाडौं, २६ माघ ।
‘आवाजको दुनियाँको साथी’ भन्ने नाराले नै उनको परिचयलाई खुलस्त पार्छ । उनले पछिल्लो समय निर्देशन गरेको चलचित्र ‘छ एकान छ’ले उनको परिचयलाई अझ उचाइमा पुर्‍याएको छ, एक कुशल निर्देशकको रुपमा पनि । त्यसैले अब उनी हुन् ‘ब्लक बस्टर निर्देशक’ । यति भनेपछि सहज अनुमान लागनउ सकिन्छ यी सफल निर्देशक को हुन् भनेर । उनका यिनै सफलताहरूले चलचित्र निर्देशक समाजको अध्यक्षमा यसै वर्ष निर्वाचित अध्यक्ष दिनेश डिसी यतिबेला कलिउड इन्डिस्ट्रिमा चर्चाको केन्द्रमा छन् ।
निर्देशक दिनेश डिसीले निर्देशन गरेको पछिल्लो चलचित्र ‘छ एकान छ’ नेपाली चलचित्र क्षेत्रको इतिहासमा ‘ब्लक बस्टर सिनेमा’को सावित भएको छ । बलिउड सिनेमाले नेपाली चलचित्रको व्यापारलाई शून्य बनाइरहेको समयमा उनले निर्देशन गरेको चलचित्र ‘छ एकान छ’ ले नेपाली सिनेमा जगतमै एउटा इतिहास रचेको छ । चलचित्रले अहिलेसम्म करिब साढे ३ करोडको व्यापार गरेको निर्देशक डिसीले सौर्यलाई बताए ।
त्यसो त वर्षको सुरुवातदेखि नै निर्देशक डिसी सफल रहे । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्वाचित भएपछि उनीले निरन्तर सफलता प्राप्त गरिरहेका छन् । टेलिसिरीयल ‘ट्वाक टुक्क’ मार्फत् निर्देशन विधामा प्रवेश गरेका हुन् निर्देशक दिनेश डिसी । उनले नेपाली कथानक चलचित्र निर्देशन चाँहि ०६३ सालमा ‘सावधान’ चलचित्रमार्फत् गरेका थिए । निर्देशक डिसीले ०६४ मा ‘दाइको ससुराली नामक सिनेमा निर्देशन गरेका थिए । त्यसपछि उनी केही समय चलचित्र निर्देशनमा देखिएनन् । ‘दाइको ससुराली’पछि डिसी एकै चोटी ०६८ मा चलचित्र ‘मायाज बार’ नामक सिनेमा निर्देशन गरेका थिए । यो चलचित्रले लगानिको आधारमा राम्रो व्यापार गर्न नसके पनि कलेक्शन भने राम्रै गरेको थियो ।
निर्देशक डिसीले चलचित्र ‘मायाज बार’ पछि सिधै चलचित्र ‘छ एकान छ’ लाई निर्देशन गरे । यो चलचित्रमा हास्य टेलिसिरीयलका चर्चित कलाकारहरुलाई एकसाथ अभिनयमा उतारेका थिए । उक्त चलचित्र छाँयांकनपूर्व लामो वर्कसप गरेको निर्देशक डिसीले सम्झिए । तर, ४० दिनमा यो चलचित्रको सुटिङ सकिएको थियो । चलचित्रमा रहेका सात जना कलाकारहरु सबै चर्चित अनुहारहरु भएकाले आफूलाई न्यायपूर्ण किसिमले काम गर्नका लागि धेरै अध्ययन गर्नु परेको निर्देशक डिसीले बताए । चलचित्रका ६ जना अभिनेतालाई बराबरी रोल मिलाउन निकै हम्मे परेको निर्देशक डिसीले बताए । उनले भने, ‘६ जना अभिनेताहरु दिपकराज गिरी (तितो सत्य) सिताराम कट्टेल धुमुर्स (मेरीबास्सै), केदार घिमीरे माग्ने बुढा (मेरी बास्सै), जितु नेपाल (जिरे खोर्सानी), शिवहरी पौड्यौल (जिरे खोर्सानी) र सन्दिप क्षेत्री हास्य ब्याङ्ग्य कलाकारहरु भएकाले चलचित्रमा फरकपन ल्याउन मैले धेरै अध्ययन गरेको थिएँ ।’
फरक–फरक कामहरु गर्न गराउन रुचाउने निर्देशक डिसीले पहिलो चोटि एलजी क्विज कार्यक्रम सञ्चालकको रुपमा महानायक राजेश हमाललाई ल्याएका थिए । फ्यान तथा शुभेच्छुकहरुलाई आफ्नो बारेमा जानकारी गराउन उनले डिसी दिनेश डटकम वेव साइट पनि सञ्चालन गरेका छन् ।
दिनेश डिसीका केही सफलताका कथा
निर्देशक समाजमार्फत्
१.    सेन्सर सर्टिफिकेटमा निर्देशकको नाम लेख्न सुरुवात ।
२.    चलचित्रहरुसम्बन्धी कपिराइटका बारेमा अन्तक्र्रिया ।
३.    प्रत्येक शुक्रबार नेपाल चलचित्र निर्देशक समाजमा विश्वका चलचित्रहरु देखाउने परम्पराको पुन: थालनी । लोडसेटिङ हुने भएकाले जेनेटरको व्यावस्था ।
४.    निर्देशक समाजले निर्वाचनमा सहभागी हुने कलाकार नेताहरुका लागि जनचेतनामूलक अन्तक्र्रिया ।
५.    चलचित्र निर्देशक समाजको पुरानो ऋण करिव तीन लाख ८० हजार रुपियाँ तिरेको ।

नयाँ कार्यक्रमहरु :
१. आउँदो बैशाखमा हलिउडबाट डिजिटल क्यामेराका विज्ञहरुबाट नेपाली चलचित्र क्षेत्रका क्यामेराम्यान तथा निर्देशकहरुलाई प्रशिक्षणमूलक वर्कशप ।
२. नेपाली चलचित्रको इतिहास कलेक्सन गरेर फिल्म अर्काइभ छिट्टै सुरुवात गर्ने ।
३. निर्देशक समाजको अफिसियल वेभसाईट सुरुवात गर्ने तयारी ।

सफलता :
१.    चलचित्र ‘छ एकान छ’ ब्लक बस्टर हिट ।
२.    अमेरीका भ्रमण ।
३.    ब्रायन आडम्स्, एमएलटिआर र आतिफ अस्लामको भव्य कन्र्सटमा एमसी गरिसकेको र १ मार्चमा मिका सिंहको कन्र्सटमा एमसी गर्दै ।

४.    केहि समयपछि क्यानडाको भ्रमणमा जादै ।
चर्चित गुरु :
१. दिपकराज गिरी
२. दमन रुपाखेती
३. जितु नेपाल
४. गोपाल नेपाल
५. नारद खतिवडा
६.नारण त्रिपाठी
७. दुर्गा परियार
८.गजित विष्टलगायत अन्य धेरै कलाकारहरु ।

add

प्रतिक्रिया