Bisal Chautari Logo

नीर शाहको स्वास्थ्यमा सुधार आएपछी खतरामुक्त

- १६ असार २०७१, सोमबार ०७:५८ मा प्रकाशित


Neer Shah
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार १६, सोमबार । गत शनीवार अचानक बिरामी परेर हस्पिटल भर्ना भएका बरिष्ठ चलचित्र अभिनेता तथा निर्देशक नीर शाहको स्वास्थ्यमा केही सुधार आएको छ । परिवारका अनुसार हाल शाहलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।
मुटुमा समस्या आएपछि हस्पिटल भर्ना भएका शाहको मुटुमा ब्लड सर्कुलेसन ब्लक भएपछि एक्कासी बेहोस भएपछी शाहलाई आइतवार अबेरसम्म कसैलाई भेट्न दिईएको थिएन । शाह घरमै भएको बेला अचानक बेहोस भएका थिए । शनीवार शाहलाई बाँसबारी स्थित गंगालाल अस्पतालको सिसियू कक्षमा उपचारार्थ राखिएको थियो । सिसियू कक्षको भेन्टिलेटरबाट शाहलाई मुक्त गरिएपनि अक्सिजन विना श्वास प्रश्वास गर्न नसकेपछि डाक्टरहरुले माक्स झिक्न नसकेका हुन् ।Neer Shah
नेपाली चलचित्र क्षेत्रका बरिष्ठ अभिनेता निर शाहको यो अवस्था आएपछि सम्पूर्ण चलचित्रकर्मीहरु स्वास्थ्य लाभको कामना गरिरहेका छन् । वरिष्ठ अभिनेता शाहको स्वास्थ्य लाभको कामना सामाजिक सञ्जाल मार्फत चलचित्रकर्मीदेखी उनका फ्यानहरुले गरिरहेका छन् । विशाल चौतारीको तर्फबाटपनि वरिष्ठ अभिनेता तथा निर्देशक निर शाहको स्वास्थ्य लाभको कामना गर्दछौ ।

प्रतिक्रिया