Bisal Chautari Logo

दिवाकर भट्टराईको चलचित्र ‘मायाबी’को छायांकन सकियो

- १७ मंसिर २०८०, आईतवार १८:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० मंसिर १७ आइतवार।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मायाबी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । चलचित्रको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो । 

शनिबार बिहान २ बजे चलचित्रका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए ।  

यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो चलचित्र आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने बताएका छन् ।

चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । चलचित्रको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । चलचित्रका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् । 

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । चलचित्रको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् । 

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । यो चलचित्रले पोखरा केन्द्रित कथा भन्छ । राम्रो टिम भएकाले राम्रोसँग छायांकन सकियो, अब चलचित्रको पोष्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताएको छ ।

प्रतिक्रिया