Bisal Chautari Logo

गायक योगेन्द्रको दिङ्ला बजारमा नोभेन्वर रेनकी ‘डल्ली’संग माया बसेपछी

- १५ असार २०७१, आईतवार ११:५९ मा प्रकाशित


Chhulthim Gurung and Yogendra Rai by Dingla Bazarma
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार १४, शनिवार । पछिल्लो समय निकै ब्यास्त बनेका गायक योगेन्द राई दिङ्ला बजारमा केही समय अगाडी रिलिजमा आएको चलचित्र ‘नोभेम्वर रेन’की चर्चित पात्र डल्ली अर्थात छुल्टिम गुरुङको मायामा फसेका छन् । दिङ्ला बजारमा भेटिएका उनीहरुको माया देखादेख भएपछी बसेको हो ।Chhulthim Gurung and Yogendra Rai by Dingla Bazarma (1)
प्रसंग हो गायक योगेन्द्र राईको नयाँ म्युजिक भिडियो ‘दिङ्ला बजारमा’ बोलको गीतको । गायक योगेन्द्रकै शब्द, संगीत र स्वरमा रहेको म्युजिक भिडियो निर्देशन विज्ञान राईले गरेका हुन् । केही दिन अगाडी रिलिज गरिएको म्युजिक भिडियोमा यी दुईको माया पिरतीका कुराहरुसंगै मनोरम प्राकृतिक दृश्यहरु देखाइएको छ ।
गायक योगेन्द्र राई नेपाली साङ्गीतिक क्षेत्रमा औपचारीक रुपमा ०६५ सालदेखी प्रवेस गरेका हुन् । सुरुवातीको दिनहरुमा मोड्लिङ तथा अभिनयबाट सुरुगरेको बताउदै गायक योगन्द्रले अवका दिनहरुमा गायनसंगै मोड्लिङलाई अगाडी बढाउने बताए । करिव एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा मोड्लिङ गरीसकेका योगन्द्रले सानै उमेरदेखी गीतहरु गुनगुनाउने भएकालेपनि गायनलाई प्राथमिकता दिइरहेको बताए । सानै उमेरदेखी गायक तथा अभिनेता बन्ने चाहना रहेको गायक राईले बताए ।Chhulthim Gurung and Yogendra Rai by Dingla Bazarma (2)
२०६९ सालमा पहिलो एल्बम ‘उत्साह’ ल्याएका गायक योगेन्द्र राईको यो दास्रो म्युजिक भिडियो हो । अब तेस्रो भिडियोपनि छिट्टै आफ्ना दर्शकहरुले हेर्न पाउने बताए ।

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला ।

Chhulthim Gurung and Yogendra Rai by Dingla Bazarma
Song Title: Dingla Bazarma
Vocal: Yogendra Rai
model : Chhulthim Dolma Gurung and Yogendra Rai
Album: Utsaha
Music: Yogendra Rai
Lyrics: Yogendra Rai
Company: Yes Music Pvt . Ltd.
Director: Bigyan Rai

ad

प्रतिक्रिया