Bisal Chautari Logo

‘तोरी लाहुरे’ले गाएको र्‍याप सार्वजनिक

- २७ माघ २०७०, सोमबार ११:०४ मा प्रकाशित


विशाल चौतरी समाचार
काठमाडौं, २७ माघ ।
चलचित्र ‘तोरी लाहुरे’का अभिनेता रोहित रुम्बाले चर्चित गायक प्रामोद खरेलसंग गाएको गीत विशाल चौतारी मार्फत सार्वजनिक गरीएको छ । अभिनेता रुम्बाले केहि वर्ष अगाडी र्‍याप गीतका दर्शक श्रोताहरुले ‘मनछाडे मैच्याङ’ र ‘बाखरी–बाखरी’ बोलको गीतमा पनि र्‍याप हानेर चर्चामा रहेका थिए । उनले र्‍याप गाएको करिव ६ वर्षपछि चलचित्र ‘तोरी लाहुरे’ कै टाईटल गितमा रहेको छ ।
फागुन २३ गते रिलिजमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’ यो गीत प्रोमोशनका लागि तयार गर्न लागेको निर्माता दिल कुमार तामाङ ‘वाले’ले बताए । चलचित्रको टाईटल गित समेत अभिनेता रोहित रुम्बाले नै लेखेका हुन् । आफुलाई बच्चैदेखी नेपाली चलचित्र क्षेत्रमा केही गरौ भन्ने सोच भएकाले र्‍याप राम्रै भएपनि प्राथमिकता नदिएको बताए । आफुले नेपाली चलचित्र क्षेत्रमै १२–१३ वर्षदेखी संर्घस गरीरहेका अभिनेता रोहित रुम्बाले बताए । २०५९ सालमा चलचित्र ‘द मार्सल आर्ट’बाट अभिनेता रुम्वाले चलचित्रमा डेब्यु गरेका थिए ।
चलचित्रमा अभिनेता रोहित रुम्बाको साथमा गजित बिष्ट, सुवास थापा, आसिस्मा नकमि र्र समुना केसीको मुख्य अभिनय रहेको छ । चलचित्रमा दिनेश डिसी, सुसील पोखरेल र दिल कुमार तामाङ ‘वाले’को पनि अभिनय रहेको छ । चलचित्रलाई रोशफी तामाङले निर्माण गरेका हुन् भने चलचित्रका प्रस्तुतकर्ता दिल कुमार तामाङ नै रहेका छन् । चलचित्रलाई रिदम एण्ड दिलीप फिल्मसले प्रस्तुत गरेको छ ।

प्रतिक्रिया