Bisal Chautari Logo

चलचित्र ‘उडान’को दोश्रो टिजर सार्वजनिक

- ११ मंसिर २०८०, सोमबार १९:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० मंसिर ११ सोमवार । 
अमेरिकामा रहँदै आएका निरन्जनले यो सर्ट चलचित्रको सम्पादन समेत गरेका हुन् । चलचित्रमा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, यूवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ ।

यो सर्ट चलचित्र क्रिसमसको समयमा युट्युबमा रिलिज हुने निर्देशक तथा सम्पादक निरञ्जनले जानकारी दिए । यो चलचित्रमा ५ मिनेटको गीत समेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ ।

म्युजिकल सर्ट चलचित्रमा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए । यो चलचित्रले अमेरिकामा रहँदै आएका नेपाली यूवा–यूवती र अमेरिकन यूवाको प्रेम कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । चलचित्रमा बलराम बुढाथोकीको छायांकन छ । विगत १० बर्षदेखि ४ सय बढी म्युजिक भिडियो, वृत्तचित्र र सर्ट चलचित्र खिच्दै आइरहेका बलरामले ‘उडान’लाई पनि खिचेका छन् ।

यो चलचित्रलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा लैजाने तयारी समेत भैरहेको निर्देशक पाण्डेले जानकारी दिए । यस्तै, उनले चलचित्रलाई एमाजोन प्राइमबाट रिलिज गर्ने तयारी समेत भैरहेको बताए ।

यो चलचित्रलाई अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो ।

प्रतिक्रिया