Bisal Chautari Logo

युकेमा पवन र सज्जाले ‘डिसेम्बर धमाका’मा प्रस्तुती दिदै

- ११ मंसिर २०८०, सोमबार ०४:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० मंसिर ११ सोमवार ।
नेपाल आइडल सिजन २ बाट सर्वाधिक चर्चामा आए गायक पवन गिरी र नेपाल आइडल सिजन ३ की बिजेता, गायिका सज्जा चौलागाईंले बेलायतमा प्रस्तुतिमा दिने भएका छन् । आगामी डिसेम्बर ९ तारिख शनिबार साँझ एम्पायर ब्यान्केटिङ अल्डरसटमा ‘डिसेम्बर धमाका’ हुने भएको हो ।

आयोजकका अनुसार साँझ ६ बजेदेखि राती अबेरसम्म सञ्चालन हुने शोको टिकट शुल्क २५ पाउन्ड राखिएको छ । सीट सिमित रहेकाले अग्रीम टिकट बुक गर्न आयोजकले आग्रह गरेका छन् । पवन र सज्जा अहिले देश, बिदेशका बिभिन्न कन्र्सटहरुमा ब्यास्त भइरहेका छन्

प्रतिक्रिया