Bisal Chautari Logo

चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक

- ८ मंसिर २०८०, शुक्रबार १४:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० मंसिर ८ शुक्रवार।
रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्रि मलिका महतलाई प्रस्तुत गरिएको पोस्टरमा उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् । 

लक्ष्मण सुवेदीको निर्देशन , निर्माण, लेखन र गीत रचना रहेको फिल्ममा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन् । चलचित्रमा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुतिमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशनले निर्माण गरेको चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन । 

प्रतिक्रिया