Bisal Chautari Logo

नेपाली आइटम गर्ल अर्चना, बंगाली सिनेममा हिरोईन

- २७ माघ २०७०, सोमबार १६:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २७ माघ ।
पछिल्लो समयमा नेपाली कलाकारहरु एकाएक विदेशी चलचित्रमा डेब्यु गर्ने क्रम बढ्दो छ । यस्तै क्रममा केही समय अगाडी मात्र नेपाली चलचित्र ‘ढुवानी’मा आईटम गरेकी अर्चना देल्लाल श्रेष्ठले बंगाली चलचित्रमा अभिनेत्रीको रुपमा काम गर्ने भएकी छिन् । सोमबार औपचारिक रुपमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराईएको थियो ।
तरविन रफिकद्धरा निर्देशन गर्न लागीएको ‘सादा कालो आकाशेर क्यानभासे’ नामक बंगाली चलचित्रमा नेपाली चलचित्रकी आएटम गर्लले सो चलचित्रमा मुख्य अभिनेत्रीको रुपमा काम गर्ने भएकी हुन् । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशकले सिनेममा अर्चनालाई मुख्य भूमिका दिइएको जानकारी गराए । आफुले निर्देशन गर्न लागेको चलचित्रमा अर्चनालाई ‘ट्यालेन्ट’ भएर लिएको बताए । बंगाली चलचित्रमा अभिनेत्री बन्न लागेकी अर्चनाले आफू अडिसनबाट छनोट भएको बताउँदै बंगाली चलचित्र अभिनय गर्न पाउँदा खुसी लागेको बताउदै नेपाली चलचित्र क्षेत्र र बंगाली चलचित्रसंगको सम्वन्ध जोड्नेपनि बताइन् । यो चलचित्रको ६० प्रतिशत सुटिङ नेपाल र बाँकी बंगलादेशमा गरिने बताईएको छ । नेपाल र बंगलादेशको सम्बन्ध सुमधुर बनाउन र दुई देशको कलासंकृती आदानप्रदान गर्न चलचित्रले धेरै सहयोग गर्ने निर्देशक रफिकले बताए ।

add

प्रतिक्रिया