Bisal Chautari Logo

राजेश हमालले बिबाह गरेको १ महिनापछी आशिष्मासंग बिबाह गरे (फोटो फिचर सहीत)

- १४ असार २०७१, शनिबार १५:४१ मा प्रकाशित


rajesh hamal marriage with ashishma nakarmi
विशाल राई
काठमाडौं, २०७१, असार १४, शनिवार । नेपाली चलचित्र क्षेत्रका महा–अभिनेता राजेश हमालको बिबाह जेठ शनिवार १० गतेको दिन प्रेमीका मधु भट्टराईसंग भएको थियो । तर बिबाह गरेको एक महिना बित्न नपाउँदै महा–अभिनेता हमालले चलचित्र क्षेत्रकै अभिनेत्रीसंग बिबाह गरेका छन् । rajesh hamal marriage with ashishma nakarmi (1)
नेपाली चलचित्रमा क्षेत्रमा पछिल्लो समय ब्यास्त बनिरहेकी अभिनेत्री अशिष्मा नकर्मीसंग महा–अभिनेता राजेश हमालले बिबाह गरेका हुन् । तर अभिनेता हमाललको यो बिबाह भने एउटा म्युजिक भिडियो छायाकनको क्रममा भएको हो ।
तिन लाख ५० हजार लगानीमा बनेको म्युजिक भिडियो छायाकनको क्रममा अभिनेता राजेश हमाल र अभिनेत्री अशिष्मा नकर्मी घरी जग्यमा भेटिन्थे तँ घरी असारको झरीमा । जाउलाखेल नजिकै रहेको महिला प्रशिक्षण केन्द्रमा गरिएको सुटिङमा राजेश र आशिष्मा बिबाह मात्र होइन, न्यानो स्पर्समा समेत बाधिएका थिए । फेरी रातको समयमा परेको चट्याङले उनीहरुलाई स्पर्समा बाधिन बाध्य बनाएको थियो । स्पर्समा बाधिदै जादा एक छेउबाट आवाज आउथ्यो कट । सबैजनाले ताली बजाए । त्यो कट भन्ने व्यक्ति म्युजिक भिडियोका चचित निर्देशक रहेका थिए ।

[gss ids=”4281,4280,4282″]

१०० भन्दा बढी चर्चित म्युजिक भिडियो निर्देशन गरेर केही समय अगाडी मात्र चलचित्र ‘हसिया’ निर्देशनबाट सफल्ता पाएका व्यास्त निर्देशक मिलन चाम्सले यस भिडियोको निर्देशन गरेका हुन् । रेड क्यामेराले खिचिएको म्युजिक भिडियो एउटा ए ग्रेटको फिल्मभन्दा माथिको इकुप्मेन्टहरु प्रयोग गरिएको थियो । छायाकन भइरहेको म्युजिक भिडियोको बारेमा बिशाल चौतारी डटकमसंग कुराकानी गर्दै निर्देशक मिलन चाम्सले म्युजिक भिडियो एउटा सिनेमाकै स्कृप्ट जत्तिकै तयार पारिएको बताए । भने–‘ यस म्युजिक भिडियो छायाकनका लागी मैले अभिनेता राजेश हमालको पुन कपाल कटाएको छु । मैले निर्देशन गरेको चलचित्र ‘हसिया’मा पनि अभिनेता हमालको कपाल कटाएको थिए’, निर्देशक चाम्सले बताए । उता अभिनेत्री अशिष्मा नकर्मी नै किन भन्ने प्रश्नमा चाम्सले पछिल्लो समयको राम्रो अभिनय अनी यस म्युजिक भिडियोमा फिट हुने भएकाले लिएको बताए ।
चर्चित गीतकार निलम आङ्बोहाङ राईको आउन लागेको एल्बम ‘जुनीजुनी भाग–३’ मा समावेश हुने यस गीतलाई इन्डियन गायक साहिद मालीयाले गाएका छन् । ‘बेवस्थाले ज्युउदै मार्‍यो’ बोलको गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका चर्चित छायाकार रामकुमार केषिले गरेका हुन् । यो म्युजिक भिडियो एल्बम विमोचनसंगै रिलिज हुनेछ ।

ad

प्रतिक्रिया