Bisal Chautari Logo

अमेरीकन चित्रकार ग्रेगरीको नेपालमा आर्ट एक्जिविसन (फोटो फिचर सहित)

- १४ असार २०७१, शनिबार १४:१२ मा प्रकाशित


Art exhibition by Gregory N Osborn in nepal 
विशाल राई
काठमाडौं, २०७१, असार १४, शनिवार । प्रकृतीको धनी देश नेपालमा पर्यटकहरु आउने, घुम्ने लगायतका कुराहरु सामान्य भइसकेको छ । तर नेपाल भ्रमणको क्रममा रहेका अमेरीकी नागरिक ग्रेगरी एन ओस्बोर्न आर्ट एक्जिविसनमा जुटेका छन् ।art exhibition by Gregory N Osborn in nepal (1)
चित्रकार तथा नाटककार समेत रहेका ग्रेगरी एन ओस्बोर्नको आर्टहरु लाजिम्पाठको बिके आर्ट ग्यालरीमा गत विहिवारदेखी प्रर्दशन भइरहेको छ । ‘द स्टेट अफ थिङ्स’ नाम दिइएको आर्ट एक्जिविसनको उद्घाटन वरिष्ठ चित्रकार मदन चित्रकारले गरेका हुन् ।
यही आइतबार सम्म चल्ने आर्ट एक्जिविसनको बारेमा विशाल चौतारीसंग कुराकानी गर्दै ग्रेगरी एन ओस्बोर्नले नेपालमा पहिलो चोटी आर्ट एक्जिविसन गर्न पाउदा फरक अनुभव भइरहेको बताए । करिव १० महिना अगाडी आफ्नो शिक्षण पेशा र श्रीमतीको जव काठमाडौमै रहेका कारण नेपाल आएको बताउदै ग्रेगरीले यही काठमाडौमा देखे भोगेका जिवनचित्रहरुलाई आफ्नो आर्टमा उतारेको बताए । १८ वटा आर्टहरु एक्जिविसनमा रहेका चित्रहरु नयाँ फ्युजनका एक्रेलिक फोटो र कोलाज मिक्समा तयार भएका छन् ।

[gss ids=”4272,4273,4277,4276,4275,4274,4271″]

एक्जिविसनमा रहेका आर्टहरुको बारेमा कुराकानी गर्दै ग्रेगरीले आफुले छान्ने विषयहरु विवादास्पद, नयाँ किसिमको हुने बताए । उनले एक्जिविसनमा रहेको एक आर्ट ‘ठमेलमा जालझेल भएको तारको चित्रको बारेमा विश्लेशन गर्दै भने–‘ठमेलमा म यतिकै घुमिरहेको थिए । आर्टमा भएको स्थानलाई हेरीरहेको थिए । मानिसहरुको भिड बाक्लो थियो । यत्तिकैमा त्यो जथाभावी टागिएको तार सट भएर मानिसहरु चिहिलबिहिल भए । यहि घट्नालाई दुर्घटना हुन भन्दा पहिल्यै सचेत हुन पर्छ भन्ने विषयमा सचेत गराएको हु’, चित्रकार ग्रेगरी एन ओस्बोर्नले बताए । आर्ट एक्ििजविसनमा १३ हजारदेखी ४५ हजार सम्मका चित्रहरु विक्रिमा रहेको चित्रकार ग्रेगरी एन ओस्बोर्नले बताए ।
अमेरीकामा ४ चोटी सोलो आर्ट एक्जिविसन गरिसकेका चित्रकार ग्रेगरी एन ओस्बोर्नले बताए अनुसार उनी विगत ४० वर्ष अगाडीदेखी यस क्षेत्रमा सकृय रहेका छन् । उनी आर्टमा मात्र अगाडी छैनन्, गायन तथा नाटक क्षेत्रमापनि लामो अनुभव रहेको छ । गायक, गीतकार समेत रहेका ग्रेगरी एन ओस्बोर्नले १० वटा गीत बजारमा ल्याइसकेका छन् । २ वटा नोवलहरु प्रकाशित गरिसकेका ग्रेगरीले धेरै नाटकहरुमा अभिनय गरिसकेका छन् ।

ad

प्रतिक्रिया