Bisal Chautari Logo

बसन्तका, बसन्तमयी कविताहरु

- २७ माघ २०७०, सोमबार १७:२९ मा प्रकाशित


ब्रेकर : ‘कतिबेला कसैको हराएको चाहानामा बााच्ने कुरा गर्दथे त कतिबेला मायाको झरीमा लुछुप्पै रुझाउथे । उनले प्रेममै बााच्ने र मर्नेको कुरा पनि गरे । एउटा कविता हाजिर भइहाल्यो…………..
प्रेम नहुादा हो
यस दुनियामा त
न तिमी हुन्थ्यौ न म
न तिमी रुन्थ्यौ न म
न तिमी हाास्थ्यौ न म
न तिमी बााच्थ्यौ न म ।।’
विश्वास खड्काथोकी
काठमाडौं, २७ माघ ।

मेरो हत्केलामा छाडेका
तिम्रा ओठको न्यानोपना
अझै कैद छ यहाा
म त्यही हत्केला चुमेर
तिम्रा सारा अङ्गहरुलाई स्पर्श गर्छु
तिमीलाई आफ्नो आत्मामा भर्छु ।

    बसन्त चौधरी भन्ने वित्तिकै धेरैको मनमा अकास्मात चौधरी ग्रुप भन्ने संस्था हाजिर भईहाल्छ । अर्था एक सफल उद्योगपतिको रुपमा । तर उनको पछाडि अर्को महत्वपुर्ण पाटो साहित्यपनि उत्तिकै शसक्त रहेको छ । उद्योगपति तथा साहित्यकार चौधरी साहित्य लेखनमा पछिल्लो समयमा निकै समय खर्चिने गरेका छन् । उनका लागी मनपर्ने विधा साहित्य भएकालेपनि उनी साहित्यसंगका कुराकानिमा निकै रमाउने गरेका रहेछन् । धेरै मानिसहरुलाई थाहा नहुनपनि सक्दछ कि उनी राम्रा साहित्यकार हुन् भनेर । त्यहि पर्दा पछाडिका कुराहरु बसन्तको बसन्तमयी हृदय मण्डला थिएटरको बन्द कोठामा पोखियो । बसन्त चौधरीले एक घण्टा सम्म आफ्नो प्रेमीला कविता साहित्यकार र साहित्यका प्रेमीहरुमाझ बाचन गरेर मात्र सुनाएनन्, प्रशंसा पनि बटुले । माथिको हरफ पनि बसनतद्वारा बाचीत कविता ‘जन्मदिनको शुभकामजना’को एउटा अंश हो ।
चौधरीले शुरु गरेको विश्व काव्य यात्रा अन्तरगत नेपाल संस्करणको कविता वाचनमा चौधरीले अधिकांश प्रेमिला कविता सुनाएका हुन् । चौधरी आफ्ना बसन्तमयी कविता वाचनमा घरी प्रेमको थोपा थोपामा भुल्दै थिए त घरी ब्रहमाण्डलाई नै आफ्नो प्रेमको गीत सुनाउाथे । कतिबेला कसैको हराएको चाहानामा बााच्ने कुरा गर्दथे त कतिबेला मायाको झरीमा लुछुप्पै रुझाउथे । उनले प्रेममै बााच्ने र मर्नेको कुरा पनि गरे । एउटा कविता हाजिर भइहाल्यो…………..
प्रेम नहुादा हो
यस दुनियामा त
न तिमी हुन्थ्यौ न म
न तिमी रुन्थ्यौ न म
न तिमी हाास्थ्यौ न म
न तिमी बााच्थ्यौ न म ।।

उनले कविता वाचनको बीच–बीचमा आफ्नो अग्रज साहित्यकारहरुलाई सम्झदै उनीहरु प्रति नतमस्तक बन्दथे । कविता बाचनकै क्रममा नेपाली साहित्यलाई विश्वसामु पुर्‍याउान र विदेशमा भएका नेपालीलाई आफ्नो भाषाप्रति सचेत बनाउान पनि विश्व काव्य यात्रा शुरु गरेको उनले बताए । कवि चौधरीले न्युयोर्कबाट विश्व काव्य यात्रा शुरु गरेर लडन, दुवई, सिक्कीम, अमेरीकाको वाल्टीमोर, ट्याक्ससमा कविता बाचन गरिसकेका छन् । काव्य यात्राको सातौ संस्करण अन्तरगत आइतवार नेपालमा बाचन गरिएको हो । उनले कविता वाचनको अन्तमा विश्वको सम्पूर्ण आमाहरुलाई समर्पीत गर्दै  ‘आमाको सम्झना’ शिर्षकमा कविता बाचन गरेर आमाको बर्णण गरे ।
जीवनको रुदनमा
एक स्वप्निल आश हो आमा
फुकेर सेलाईदिने
एक तातो गाास हो आमा ।।
 
उनको कविता सुन्नको लागि करिव २ सय साहित्यप्रेमीको मण्डला थिएटरमा उपस्थिति थिए । संस्कृतिविद डा. सत्यमोहन जोसी, साहित्यकार कमलमण्ी दिक्षित, नारानाथ शर्मा, गीतकार तथा फिल्म निर्देशक यादव खरेल लगाएतको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको शूरुमा कवि चौधरीको सम्पूर्ण विवरण समेटिएको १० मिनेटको डकुमेन्ट्री देखाईएको थियो । बसन्त चौधरीले मेघा नामक कविता संग्रह प्रकाशन गरेका छन् भने राष्ट्रियता नदुखोस, संम्वाद गरी दुई लेख संग्रह प्रकाशनमा ल्याएका छन् । माया बल्झेछ, रिफ्लेक्सन आफ लभ, लभ फर एभर लगाएत ५ वटा एल्वम वजारमा ल्याएका छन् । यस पश्चात चौधरीले मार्च ८ मा अमेरीकाको कोलोराडो र १६ मा अमेरीकाकै अठलान्टामा कविता वाचन गर्ने छन् । उनको २०१४ मा २० वटा देशमा कविता वाचन सम्पन्न गर्ने योजना रहेको बताएका छन् ।
add

प्रतिक्रिया