विशाल चौतारी समाचार
लण्डन, २०८० कार्तिक २२ बुधवार। शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित चलचित्र‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार चलचित्रले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो ।
गीतमा स्वर पनि उनकै रहेको छ भने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा चलचित्रका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाईसमेत देख्न सकिन्छ ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको चलचित्रको यो गीतले भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।
गीतका शब्दहरु निक्कै मर्मस्पर्शी छन् । मर्मस्पर्शी संगीतमा गायक वाइवा र निरौलाको स्वरले गीतलाई अझ उच्च बनाउँदै शक्तिशाली बनाएको छ । गीतले दर्शक श्रोताको मन जित्न सक्ने सहज अनुमान गर्न सकिन्छ ।
चलचित्र आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि चलचित्रको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । चलचित्रमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । चलचित्रलाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।
प्रतिक्रिया