Bisal Chautari Logo

२ महिने साङ्गीतिक भ्रमण जिवनकै अविष्मरण–सुनिता (भ्रमणका फोटाफिचर सहित)

- १४ असार २०७१, शनिबार ०६:३५ मा प्रकाशित


भ्रमण संवाद्ध

‘झम्के फुली’ नयाँ भर्सनमा ल्याउँदै

विशाल राई  sunita dulal – 2 months Musical tour life’s memorable
तस्बिर : sunita dulal facebook
काठमाडौं, २०७१, असार १४, शुनिवार । नेपाली लोक दोहोरी तथा लोक आधुनिक गायनका चर्चित गायिका सुनिता दुलालको दिनचार्य पछिल्लो समय नेपाल विदेश पानी पधेरो भन्ने उखान सार्थक भएको छ । उनको ब्यास्तता यति सम्म बढेको छ कि, करिव ९–१० महिना पछाडीको कार्यक्रमहरुपनि पक्का जस्तै भइसकेको छ । करिव २ महिना अमेरीका र क्यानडा भ्रमणपछी केही दिन अगाडी मात्र नेपाल आएकी गायिका सुनिता दुलाल ‘लोक दोहोरी’ एल्बम ल्याउनमा ब्यास्त बनेकी छिन् ।sunita dulal - 2 months Musical tour life's memorable
करिव २ महिने विदेश भ्रमणको बारेमा विशाल चौतारीसंग कुराकानी गर्दै गायिका दुलालले सबै साङ्गीतिक कन्र्सटहरु सफल रहेको बताइन् । २ महिने साङ्गीतिक भ्रमणमा करिव डेढ महिना क्यानडामै बसेको गायिका दुलालले बताइन् । क्यानडाका प्राय सहरहरुमा कन्र्सट गरेको बताउदै गायिका दुलालले भनिन्–‘क्यानडाका सहरहरु क्रमश : टोरन्टो, ब्राम्टोन, क्याल्गरी, लेथव्रिज, अटोवा, मन्ट्रोल, एडमन्टन लगायतका प्राय सबै सहरहरुमा भव्य कार्यक्रम भएको थियो’, गायिका दुलालले बताइन् ।
क्यानडा साङ्गीतिक कन्र्सटमा पप गायक धिरज राईपनि रहेका थिए । कन्र्सटको बारेमा बताउदै गायिका दुलालले सबै कार्यक्रमहरु भव्य भएको बताइन् । भनिन्–‘कन्र्सट किनपनि राम्रो भयो भने, लोक र पप एउटै स्टेजमा उत्रिएका थियौ । पप र लोकको समायोजनलाई दर्शकहरुले खुबै रुचाइदिनु भयो’, गायिका दुलालले बताइन् । क्यानडा भ्रमणमा दास्रो चोटी पुगेकी गायिका दुलालले पहिलो भ्रमणमा जादा भन्दा धेरै बस्न नपाएको बताइन् । पहिलो कन्र्सटको समय दशैको कार्यक्रम तिर भएकाले पनि तिन चार वटा कार्यक्रमहरु गरेर फर्किन परेको बताइन् । तर यस पटकको क्यानडा साङ्गीतिक भ्रमणमा भने आफ्नो चाहना पुरा भएको बताउदै भनिन्–‘मलाई क्यानडाका प्राय सहरहरुमा कार्यक्रम गर्ने चानहा थियो । त्यो चाहना पुरा भएको छ । फेरी कार्यक्रमपनि अत्यन्तै सफल भएकाले मेरो जिवनको अविश्मरणीय क्षण बन्यो’, गायिका सुनिता दुलालले बताइन् ।

फोटो फिचर हेर्नुहोस् स्लाइडमा

[gss ids=”4268,4261,4257,4258,4259,4260,4262,4263,4264,4265,4266,4267″]

त्यस्तै क्यानडा साङ्गीतिक भ्रमणको बारेमा कुराकानी गर्दै गायिका दुलालले क्यानडाका प्रास सबै चर्चित ठाउँहरुमा गएको बताइन् । क्यानडाको विशेष न्याग्राफल यस पटकको घुमघाममापनि नछुटाएको दुलालले बताइन् । न्याग्राफल घुमघामको बारेमा बोल्दै गायिका दुलालले भनिन्–‘त्यहा जाने जो कोही पनि भावुक हुने गर्दछ । म न्याग्राफल हेर्नका लागी पहिलो र दास्रो चोटीको भ्रमण गरी २–२ चोटी जादा ४ पटक भएको छ । तर म जती चोटी जान्छु, त्यती नै रमाईलो र फरकपन पाउछु’, गायिका दुलालले अनुभव सियर गरिन् ।
त्यस्तै करिव १२ दिनको अमेरीका भ्रमणको बारेमा कुराकानी गर्दै गायिका दुलालले साङ्गीतिक कार्यक्रम गर्न नपाएपनि धुमघाम भने धेरै राम्रो भएको बताइन् । अमेरीका बसाइको क्रममा साङ्गीतिक कार्यक्रम नगरेपनि गायिका दुलाललाई सम्मान भने गरिएको थियो । सो सम्मानको बारेमा बोल्दै गायिका दुलालले सधैभरी नेपाली साङ्गीतिक क्षेत्रलाई योदगान दिइरहने बताइन् । अमेरीकामा नटक्यारोलिन बसाइको क्रममा नेपाल जस्तै लागेको बताइन् ।
अब आउने साङ्गीतिक कार्यक्रमहरु जुलाइमा इदको कार्यक्रमका लागी कतार, अगष्टमा क्यानडा, त्यसपछी अमेरीका लगायतका देशहरु रहेको गायिका सुनिता दुलालले बताइन् ।

नेपाल बसाईको क्रममा रहेकी गायिका सुनिता दुलाल नयाँ एल्बम ल्याउनमा ब्यास्त रहेकी छिन् । एक हप्तापछी बजारमा आउन लागेको लोकदोहोरी एल्बमको बारेमा कुराकानी गर्दै गायिका दुलालले भनिन् ‘चर्चित गीत ‘झम्के फुली नाकैमा बुलाकी, एसपाली तँ घरबारै होलाकी’ बोलको गीतलाई न्युभर्सनमा नयाँ एल्बम तयार हुदैछ । यस गीतका गायक ध्रुवराज खड्का र मेरो आफ्नै दाजु घमेस दुलालसंग मिलेर एल्बम ल्याउन लागेकी छु’, गायिका दुलालले बताइन् । एल्बमको नाम भने ‘झम्के फुली’ रहने गायिका दुलालले बताइन् । त्यसपछी यस वर्षको तिज एल्बमका लागी गीतहरुपनि तयार भइरहेको गायिका दुलालले बताइन् । साउनको पहिलो हप्ता सम्ममा तिजको एल्बमपनि रिलिज गरिसक्ने योजना छ–दुलालले बताइन् । अन्य वर्षहरुमा नेपाली महिला दिदि बहीनीहरुलाई दिदै आएको तीजको फरकपन गीत, यो वर्ष आएर अझ बढी राम्रो बनेको गायिका दुलालले बताइन् । विल्कुलै नेपालमा प्रयोग नभएको संगीत, तर नेपाली तिज झल्काउने किसिमको गीत बनेको गायिका दुलालले बताइन् । अन्तमा आफ्ना फ्यान तथा प्रसंसकहरुलाई सम्बोधन गर्दै भनिन्–‘यस गीतलाईपनि अन्य वर्षहरुमा जस्तै मनपराइदिने विश्वास लिएकी छु । यो आउन लागेको तिजको गीत तपाईहरुकै लागी बनाएको हो ।’

ad

प्रतिक्रिया