विशाल चौतारी समाचार
लण्डन, २०८० कार्तिक १२ आइतवार । सगरमाथा गोर्खा/नेपाली समाज अश्फोर्ड केन्टले सदाझै यो बर्ष पनि नेपाली दशैँ/तिहार कार्यक्रम ४ नोभेम्बर २०२३ शनिबारको दिन आयोजना गरेको छ । धार्मिक वा जातीय हिसाबले आ-आफ्नै सस्कार र सस्कृतीलाई मनाउने सबै जात जातीहरु दशै/तिहारको अवसरमा बर्षमा एक पटक संयुक्त कार्यक्रम गर्ने गरेको छ । यो कार्यक्रमले परदेशमा रहेका सम्पुर्ण अश्फोर्ड केन्टबासिहरुलाई एकजुट गराउछ ।
समितीका अध्यक्ष श्री डम्मर लिन्बुज्युको अध्यक्षतामा हुने कार्यक्रममा प्रमुख अतिथिमा स्थानीय आशफोर्ड बरो काउन्सिलका मेयर Cllr Larry Krause र त्यसैगरी बिशेस अतिथिमा MP Damain Green हुनु हुनेछ, अन्या अतिथि हरुमा छिमेकी नेपाली समाजका प्रमुख विभिन्न जातिय तथा धार्मिक समुदाएका प्रमुख हरुको उपस्थिति रहने जानकारी आयोजक समितिले जनाएको छ।
समितिको विशेष कार्य योजना भित्र पर्ने यो कार्यक्रमको संयोजक समितीका उपाध्यक्ष बसुन्धरा नयोंग राई तथा उपाध्यक्ष दुर्गा लिम्बु सह-संयोजकमा हुनुहुन्छ। समितीका महासचिब रामप्रसाद लिम्बुले दिएको जानकारी अनुसार कार्यक्रम जम्मा ३ भागमा विभाजित गरि संचालन गरिने छ। पहिलो भागको कार्यक्रम औपचारिक हुनेछ र यो छोटो समयको लागी हुनेछ |
दोश्रो भाग कार्यक्रमा विभिन्न जातिय झाकी नेपाली गीत वा नृत्य प्रदर्सन गरिने छ तर यस भागमा नपाली बाहेक अन्या अंग्रेजी हिन्दि भाषिक प्रदर्सनी लाई मान्यता दिईने छैन तर तेश्रो भागमा हुने कोक्टेल डान्समा भने जुनसुकै अन्तराष्ट्रिय भाषामा भए पनि मान्य हुनेछ, भने मनोरन्जनात्मक सम्पूर्ण कार्यक्रम समितिका सास्कृतिक सचिब ओम मग्राती र वहाको उप-समितीले गर्नु हुनेछ।
सगरमाथा गोर्खा/नपाली समाज आधिकारिक रुपमा यहाका अग्रज हरुले २००४ सालमा स्थापना गरिएको हो र यो समाजले सम्पूर्ण नेपाली हरुको हितको लागी आजको नेपाली सदाको नेपाली भएर सबै नेपाली जाति भाषिक धर्म सस्कार र सस्कृति लाई त्यसको संरक्षण र प्रबर्दन गर्नको लागी एउटै छाता मुनि गोलबन्द भएर बस्नको लागी स्थापना भएको हो।
सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्ट नेपाली परम्परा सस्कार र सस्कृति बचाएर राख्नु पर्दछ भन्ने कुरामा अडिक छ| यस समितीले आशफोर्डमा आफ्नो नेपाली परम्परा सस्कार र सकृतिलाई जिवन्त गराउनको लागी आफ्नो कम्युनिटी हल किन्न लागि परेको छ र आजको मिति सम्ममा £2,33000/ दुइलाख तेत्तिस हजार पाउण्ड खातामा संकलन गरि सकेको छ र साथ साथै स्थानिय काउन्सिल संग सहयोगको लागी समितीले पहल गरिरहेको छ।
आसफोर्ड केन्टमा नेपाली हरुको धेरै बाक्लो बसोबास भैसकेको छ यहा समितीलाई जानकारी भए अनुसार १५ भन्दा धेरै थरिका मानिस हरुको बसोबास छ । उनिहरु जातीय हिसाबले आ-आफ्नो जातीए संगठन भित्र भए पनि नेपाली भएको नाताले सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्टको एउटै छाता मुनि गोलबन्द भएर बसेका छन् उनीहरु एकले अर्काको धर्म सस्कार सस्कृति र परम्परा प्रति सम्मान गर्दछन। । समितीले त्यस दिनको सम्पूर्ण कार्यक्रम बेलुकी ६ बजे सुरु भई राति ११ बजे समाप्त गराउने छ|
प्रतिक्रिया