Bisal Chautari Logo

तोक्मे बुढा र विल्सन विक्रम एउटै भिडियोमा कृषक बने (भिडियो सहित)

- १३ असार २०७१, शुक्रबार २३:४१ मा प्रकाशित


wilson Bikram Rai & Takme Buda song Pani Pani 
विशाल चौतारी सम्बाददाता
काठमाडौं, २०७१, असार १४, शुनिवार । चचिर्त हास्य अभिनेता ‘तोक्मे बुढा’ र नेपाली चलचित्रका सफल अभिनेता विल्सन विक्रम राई अब एउटै भिडियोमा देखिएका छन् ।wilson Bikram Rai & Takme Buda song Pani Pani  (1)
प्रसंग :तोक्मे बुढा र विल्सन विक्रम राई एउटै व्याक्ति भएपनि यी दुई पात्र आ–आफ्नै स्थानमा चचिर्त रहेका छन् । हास्य अभिनेताबाट चलचित्रको पर्दामा अभिनेता भएका विल्सन विक्रम राई ‘तोक्मे बुढा’ पछिल्लो समय राम्रा गायकको रुपमापनि चिनिन थालेका छन् । केही समय अगाडी ल्याएको ‘यो मनले रोजेछ एउटालाई’ बोलको गीत युटुव च्यालनमा चचिर्त रहेको थियो ।
यस्तै क्रममा फेरी अभिनेता राईले कमेडी गीत ‘पानी पानी जिन्दगानी’ तयार गरेर आफ्नो अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेका छन् । आजभन्दा ८ दिन अगाडी रिलिज गरिएको गीतलाई प्रकाश ओझाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता राई आफ्ना चचिर्त दुई फरक–फरक रुपहरु तोक्मे बुढा र विल्सन विक्रम राईको रुपमा प्रस्तुत भएका छन् ।

[gss ids=”4253,4254,4252,4251″]

केही समय अगाडी युके र युरोप टुरबाट नेपाल आएका अभिनेता विल्सनले विदेश भ्रमणबाट नेपाल आए लगतै आफ्नै वेबसाइट च्यानल ‘तोक्मे बुढा’ डटकमबाट सो गीत सार्वजनिक गरेका हुन् । आफ्नै स्वर, संगीत तथा शब्दमा रहेको गीतलाई दर्शकहरुले युटुवमा मनपराइरहेका छन् ।
भिडियोमा नेपाल कृषि–प्रधान देश भएकाले असारको छुपु–छुपु धान रोपाईलाई विशेष प्रथमिकता दिइएको छ । थोरै माया पिरतीका कुरासंगै हाम्रै गाउबेसिकै भाकामा गीतलाई सृजना गरिएको छ ।

Comedy Song Pani Pani by wilson Bikram Rai & Takme Buda featuring Samjhana Rai, Bishal Limbu, Samihang Kandangwa and students of Eden Garden English school Birtamod

Song – Pani Pani
Vocal/Lyrics/Music – Wilson Bikram Rai
Camera – Prakash Subba
Edit – Buddha Thapa
Director-Prakash Ojha

भिडियो हेर्नका लागी यहाँ क्लिकमा थिच्नुहोला ।

ad

प्रतिक्रिया