Bisal Chautari Logo

सुशिल श्रेष्ठको ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

- २ कार्तिक २०८०, बिहीबार १८:५१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० कार्तिक २ बिहिवार
 अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालीले खरिद गरेको छ । विदेश अधिकारसँगै सह-निर्माताको रुपमा पनि यो कम्पनि जोडिएको चलचित्रका कार्यकारी निर्माता साहील खानले बताए ।

केहीदिन अगाडी सेभेज सिजको टिमले चलचित्र हेरपछि राम्रो मुख्यमा विदेश प्रदर्शन अधिकार खरिद गर्नुका साथै सह-निर्माताको रुपमा पनि जोडिएको हो । नेपाल वितरक रिच इन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठले चाँडै चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भैरहेको जानकारी दिए ।

रेट्रो ग्रुपको ब्यानरमा निर्माण हुने चलचित्रमा सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको पनि अभिनय रहेको चलचित्र एक्सन-थ्रिलर जनरामा निर्माण भएको छ । एक्सन थ्रिलर जनरामा निर्माण हुने चलचित्रले कानुन नमान्ने पात्रको कथा भन्छ ।

अभिनेता सुशिल श्रेष्ठ ‘आउट ल’ आफ्नो करियरकै लागि महत्वपूर्ण चलचित्र रहेको बताउँछन् । आफ्नो करियरलाई कता लैजाने भन्ने पनि यो चलचित्रले निर्धारण गर्ने बुझाई अभिनेता श्रेष्ठको छ । शशांक खड्का, अमित अग्रहरी र बिनोद कठायतको लगानीमा निर्माण भएको चलचित्रलाई बिक्की महर्जनले निर्देशन गरेका हुन् ।

निर्माता कडायतले यसअघि ‘प्रेमगीत ३’मा कला निर्देशकको रुपमा काम गरेका थिए । ‘कथा दमदार छ । युवालाई लक्षित गरी कथा बनाइएको हो । पढेका र युवा टिममा भएकाले सिनेमाको नतिजा राम्रो आउने विश्वास छ,’ निर्माता  कठायतले भने । करिब २ करोडको बजेटमा निर्मार्ण भएको चलचित्रलाई नवीन गुरुङले छायांकन गरेका हुन् ।

प्रतिक्रिया