विशाल चौतारी समाचार
काठमाडौं, २०८० असोज ३० मंगलवार। सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको चलचित्र ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण एक महिनामै चलचित्रको छायांकन सकिएको जानकारी दिएको छ । यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएकोछ ।
चलचित्रलाई माघे संक्रान्तीको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिए । चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार चलचित्रले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ ।
यो चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ । चलचित्रमा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।
चलचित्रमा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली (श्री कृष्ण फिल्मस्)ले यो चलचित्रको नेपालभरको वितरणको जिम्मा लिएका छन् । चलचित्रको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिई सकेका छन् । निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक चलचित्रको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ चलचित्रका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको चलचित्र ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया